• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २८, २०८३ Mon, May 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यी हुन् मापदण्ड नपुगेका नर्सिङ कलेजलाई कानुनविपरीत चलाउन दिने पक्षमा सक्रिय सांसदहरु

64x64
नेपाल लाइभ बुधबार, माघ १७, २०८०  २१:३१
1140x725

काठमाडौं- चिकित्सा शिक्षा ऐन २०७५ अनुसार मापदण्ड पूरा नभएका नर्सिङ कलेजहरु यतिबेला बन्द छन्। आफ्नै एक सय शय्याका अस्पताल हुनुपर्ने कानुनी व्यवस्था पूरा नभएका कलेजहरु बन्द भएका हुन्।

नर्सिङ पढाउने कलेजहरुमा प्रयोगात्मक अभ्यास र नर्सिङ जनशक्तिको सिप विकासका साथै गुणस्तरिय शिक्षाका लागि आफ्नै अस्पताल हुनुपर्ने नियम छ। यो नियम चिकित्सा शिक्षा ऐन आउनुभन्दा अगाडिदेखि नै थियो। नेपाल नर्सिङ काउन्सिलले २०६५ सालमै उक्त व्यवस्था लागू गर्ने भन्दै मापदण्ड बनाएको थियो। स्वास्थ्य मन्त्रालयले पनि २०६७ सालमा नै नर्सिङ शिक्षा पढाउने कलेजको आफ्नै अस्पताल हुनुपर्ने निर्णय गरेको थियो।

तर कलेजहरुले २०६५ सालदेखिनै मापदण्ड र निर्णयहरु अटेर गर्दै २०७८ सालसम्म पहुँच र दबाबको भरमा पठनपाठन गर्दै आइरहेका थिए। प्राडा गोविन्द केसीको निरन्तरको अनसनपछि आएको चिकित्सा शिक्षा ऐन र उक्त ऐन अनुसार गठन भएको चिकित्सा शिक्षा आयोगले आफ्नै अस्पताल नभएका कलेजहरुलाई सम्बन्धन दिन नसक्ने भन्दै रोक लगाएपछि कलेजहरु बन्द भएका हुन्।

यसरी सरकारकै ऐन, मापदण्ड तथा निर्णय अनुसार बन्द भएका कलेजहरुलाई फेरि सञ्चालनमा ल्याउने खेलमा कानुन बनाउने सांसदहरु नै सक्रिय भएर लागेका छन्। संसद्‌बाट नै आएको ऐन कार्यान्वयनमा लाग्नु पर्ने सांसद नै उक्त ऐन विपरीत मापदण्ड नपुगेका कलेज सञ्चालकहरुको पक्षमा उभिएका हुन्। 

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका केही सांसदहरु मापदण्डन नै नपुगेका नर्सिङ कलेजलाई सञ्चालनमा ल्याई गुणस्तरहिन जनशक्ति उत्पादन गर्ने खेलमा सक्रिय भएको पाइएको हो। 

मापदण्ड नपुगेको कलेजलाई कानुनविपरीत चलाउन दिने र गुणस्तरहिन जनशक्ति उत्पादन गर्ने पक्षमा सांसदहरु देवेन्द्र पौडेल, बद्री पाण्डे, दिपा शर्मा, प्रभु हजरा, बिना जैसवाल, दिपक कार्की, विनिताकुमारी सिंह, रामप्रकाश चौधरी, महेन्द्रकुमार राय र अरुणकुमार चौधरी देखिएका हुन्। 

संसदीय समितिले नर्सिङ शिक्षामा देखिएको समस्या समाधानका उपायहरु खोज्न गठन गरेको उपसमितिका १० जना सांसदहरु नै विज्ञको सुझाव र कानुनविपरित कलेज सञ्चालकका पक्षमा उभिएको उनीहरुले हालै बनाएको प्रतिवेदन र उक्त प्रतिवेदन अनुसार शिक्षा मन्त्रालयलाई दिएको निर्देशनले पुष्टि गरेको छ। 

उक्त समितिमा सांसद डा तोसिमा कार्की पनि सदस्य छिन्। तर उनले समितिको प्रतिवेदन र निर्देशनमा पाँच बुँदे असहमति राखेकी छिन्। 

nimb
nimb
Ncell 2
Ncell 2

माओवादी सांसद तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलको संयोजकत्वमा सीटीईभीटीको सम्बन्धन तथा गुणस्तर सम्बन्धमा अध्ययन गर्न समितिले उपसमिति गठन गरेको थियो। उक्त उपसमितिले विज्ञहरुको सुझाव र कानुन विपरीत गुणस्तरहिन कलेजलाई सञ्चालन गर्न दिएर गुणस्तरहिन जनशक्त उत्पादनको बाटो खुला गर्ने गरी प्रतिवेदन तयार पारेको छ।

उपसमितिले गरेको छलफलमा चिकित्सा शिक्षा ऐन २०७५ अनुसार मात्र नभई नेपाल नर्सिङ काउन्सिलको २०६५ चैत्र १८ गतेको बोर्डको निर्णयबाट २०६८ सालको शैक्षिक सत्रदेखी लागुहुने गरी गरेको नर्सिङ कलेजका लागि एक सय शय्याको अस्पताल हुनुपर्ने नियम रहेको विषय उठेको थियो। 

यसका साथै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झा, मेडिकल काउन्सिलका पूर्व अध्यक्ष प्राडा भगवान कोइराला, नर्सिङ काउन्सिलका प्रतिनिधि लगायतले पनि वर्तमान कानुन अनुसार आफ्नै अस्पताल नभएका कलेजलाई स्वीकृति दिन नसकिने सुझाव दिएका थिए।

तर कानुन र विज्ञको सुझाव विपरीत सांसदहरुले मापदण्ड पूरा गर्न नसकेर बन्द भएका कलेजको पक्षमा निर्णय गरेका छन्।

मानव स्वास्थ्य उपचारमा प्रत्यक्ष संलग्न रहने नर्सिङ क्षेत्रको गुणस्तर कायम राख्नका लागि आफ्नै सय बेडको अस्पताल हुनुपर्ने चिकित्सा शिक्षा ऐन र नर्सिङ काउन्सिलको प्रावधान छ। यति मात्र नभई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०६७ सालको निर्णयले पनि नर्सिङ कलेजका लागि आफ्नै अस्पताल हुनुपर्ने भनिएको छ। 

आफ्नै अस्पताल नभएका कलेजबाट उत्पादित जनशक्ति सिपमा कमजोर हुनुका साथै नर्सिङ काउन्सिलमा समेत उत्तीर्ण हुने दर कमजोर रहेको भन्दै स्वास्थ्य मन्त्रालयल र नर्सिङ काउन्सिलले १५ वर्षअघि नै आफ्नै अस्पताल हुनुपर्ने नियम कार्यान्वयनमा ल्याउने निर्णय गरेका थिए। आफ्नै अस्पताल नहुँदा प्रयोगात्मक ज्ञान कम हुनुका साथै नर्सिङ जनशक्तिमा बिरामीसँग गर्नुपर्ने व्यवहार र स्याहारका ज्ञान समेत कमजोर हुने भन्दै उक्त निर्णय भएको थियो।

कोभिड महामारीभन्दा अघि नै अस्पताल बनाइसक्नुपर्ने
मापदण्ड पूरा गर्न नसकेका कलेजहरुले कोभिडलाई बहाना बनाएर नर्सिङ कार्यक्रम सञ्चालन हुनुपर्ने विषयमा लबिङ गर्दै आएका थिए। सांसदहरुले पनि त्यही विषयलाई लिएर मन्त्रालयमा निर्देशन दिएका छन्। तर बन्द भएका यी कलेजले कोभिड महामारीभन्दा धेरै वर्ष पहिले नै आफ्नो अस्पताल बनाइसक्नु पर्ने थियो।

२०६७ सालमा कलेजहरुलाई पाँच वर्षको समय दिँदै अस्पताल बनाउन भनिएको थियो। त्यस आधारमा हेर्दा कलेजहरुले २०७२ सालमा नै आफ्नै अस्पताल बनाइसक्नु पर्ने थियो। तर कलेजहरुले अटेर गर्दै आए। त्यसपछि चिकित्सा शिक्षा ऐन २०७५ आयो। ऐनले थप दुई वर्षको समय दियो। तर कलेजहरुले यो अवधिमा पनि अस्पताल बनाउन चासो दिएनन्।

उनीहरुले यसमा पनि अटेर गर्दै बसे। चिकित्सा शिक्षा ऐन आएपछि बनेको चिकित्सा शिक्षा आयोगले अस्पताल नभएका कलेजलाई स्विकृति दिन नमानेपछि कलेजहरु बन्द भएका हुन्।

तर सांसदहरुले कलेज सञ्चालकका कुरा सुन्दै कोभिडको बहानामा फेरि कलेज सञ्चालन गर्न पाउने निर्णय गरेका हुन्। अस्पताल सञ्चालकहरुले कोभिड- १९ का कारण अस्पताल सञ्चालन गर्न नसकेको उपसमितिलाई बताएको देखिन्छ। 

'कोभिङ–१९ को बन्दाबन्दीको समयलाई शून्य समय मानी आफ्नै १०० शय्याको अस्पताल बनाउन ७ वर्षको (२०७५ देखि ५ वर्ष भुक्तान भैसकेकोले थप २ वर्ष मात्र) को समय दिई नर्सिङ कार्यक्रम सञ्चालन गर्ने,' निर्देशनमा भनिएको छ। जबकी स्वास्थ्य मन्त्रालय र नर्सिङ काउन्सिलले २०७५ अघि नै नर्सिङ कलेजहरुलाई आफ्नै अस्पताल बनाएर मात्रै सञ्चालन गर्न निर्देशन गरिसकेको थियो।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  २१:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : महासचिव पोखरेल
मन्त्रिपरिषद् बैठक बस्दै
सम्बन्धित सामग्री
आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागहरूमा तथा लुम्बिनी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम... सोमबार, वैशाख २८, २०८३
आन्तरिक खपत प्रभावित नहुने गरी मात्रै विद्युत निर्यात गर्न सर्वोच्चको निर्देशन नेपाल-भारतबीच भएको विद्युत खरिदबिक्रीसम्बन्धी दीर्घकालीन सम्झौताविरुद्ध दायर रिटमाथि फैसला गर्दै अदालतले स्वदेशी आवश्यकता पूरा भएपछि... आइतबार, वैशाख २७, २०८३
वैशाख २८ देखि देशभर ‘सरसफाइ सप्ताह’ सञ्चालन गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३’ मार्फत संघ, प्रदेश र स्थान... आइतबार, वैशाख २७, २०८३
ताजा समाचारसबै
मन्त्रिपरिषद्ले गर्‍याे राष्ट्रपतिकाे सम्बोधन स्वीकृत गर्ने निर्णय सोमबार, वैशाख २८, २०८३
सुनको मूल्य घट्यो सोमबार, वैशाख २८, २०८३
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : महासचिव पोखरेल सोमबार, वैशाख २८, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख २८, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय आइतबार, वैशाख २७, २०८३
एसइईको नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक, कसरी हेर्न सकिन्छ ? (सूचनासहित) आइतबार, वैशाख २७, २०८३
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ आइतबार, वैशाख २७, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
अभ्यास खेलमा आज अमेरिकासँग अन्तिम खेल खेल्दै नेपाल ‘ए’ सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्