काठमाडौं– अनलाइन गेम खेलाउन लिमिट लोड गरिदिने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। अवैध क्रिप्टोकरेन्सी बीटकोइन एपमार्फत् जुवा, मिल्किवे, गेमभ्यालुट, फायरक्रिन, भेगास स्वीप्स र ओरिजिन स्टार्स जस्ता खेल खेलाउन लिमिट लोड गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।
उनीहरुले उक्त गेमहरु खेलाउन प्लेटफर्ममा लिमिट लोड गरिरहेका छन् भन्ने सूचनाका आधारमा निगरानी राखेर खोजी गर्दै जाँदा सोमबार काठमाडौंको बानेश्वर, सुविधानगर, कोटेश्वर र जडिबुढी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका उनीहरुलाई आश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी परीसर टेकु पठाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा सिराहाको लाहान नगरपालिकाका २४ वर्षीय मिथलेश कुमार मण्डल, लक्ष्मिपुर गाउँपालिकाका २४ वर्षीय मुरारी साह, लहान शहीदचोकका २४ वर्षीय आर्यन साह, लाहानकै मन्दिरचोकका २४ वर्षीय अनिषकुमार रौनियार, २६ वर्षीय रोशन चौधरी जैसवाल, सुकिपुर नगरपालिकाका २४ वर्षीय शिवमकुमार यादव र लाहानका २४ वर्षीय हरि शंकर चौधरी रहेका छन्।
अनुसन्धानका क्रममा उनीहरु क्यास एप प्रयोग गर्ने गरेको र क्रिप्टोकरेन्शी कारोबार गर्ने गरेको खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।