काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कामु उपकुलपति डा प्रल्हाद कार्कीमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ परेका छन्।
कामु उपकुलपति डा कार्कीमाथि मोबिल छ्यापेर दुर्व्यवहार गर्ने वैद्यनिकट क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउ परेका हुन्।
अभद्र व्यवहारमा संलग्न आरोपमा सम्राट थापा, निशान राई र भीम सुराखेतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।