काठमाडौं- पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयाघातबाट निधन भएको छ। मंगलबार बिहान उनको निधन भएको हो।
न्यायाधीश मरासिनीको शव कलंकीको नेसनल अस्पतालमा राखिएको छ। बिहान ९ बजेतिर एक्कासि स्वास्थयमा समस्यादेखिपछि उनलाई अस्पताल पुर्याइएको थियो।
अस्पतालले बिहान १० बजे मरासिनीलाई मृत घोषित गरेको उच्च अदालत स्रोतले जानकारी दियो। ५६ वर्षीय उनी सरुवा भएर दुई दिन अघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।