काठमाडौं– जिल्ला प्रहरी कार्यालय कास्कीले मध्यराति बैंकको एटीएम मेसिन फोड्न खोज्ने एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कास्कीको माछापुछ्रे गाउँपालिका–९ घर भइ हाल पोखरा महानगरपालिका–१७ बिरौटा बस्दै आएका २७ वर्षीय राजकुमार भन्ने टिकाराम पौडेल रहेका छन्।
उनले आइतबार राति पोखरा–५ जिरो किलोमिटरमा रहेको एनएमबी बैंकको एटीएम मेसिन फोड्न खोजेका थिए। पैसा चोरी गर्ने उद्देश्यका साथ मेसिन फोड्दै गरेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।