बनियानी– झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ ले यहाँका विपन्न परिवारलाई खाट वितरण गरेको छ। शिवसताक्षी–४ ले यहाँका ४०० विपन्न परिवारलाई खाट वितरण गरेको हो।
विपन्न समुदायले जाडोमा चिसो भुइँमा सुत्नुपर्ने बाध्यतालाई दृष्टिगत गरी खाट वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद प्रसाईँले बताए। ‘वडामा अधिकांश विपन्न समुदायको बसोबास छ’, उनले भने, ‘घरमा खाट नहुनेलाई खाट वितरण गरेका हौँ।’
शिवसताक्षी–४ स्थित झापा इनर्जीमा सोलार प्यानल ढुवानीका क्रममा आएको प्लाइउड प्रयोग गरेर खाट बनाइएको वडाध्यक्ष प्रसाईँले बताए। खाट बनाउन प्रयोग भएका थप काठ र निर्माण खर्च विभिन्न संघसंस्थाबाट प्राप्त भएको उनले बताए।
वडा नम्बर ४ मा पासवान, ताँती, मुसर, ऋषिदेव, सन्थाल, कर्मचार, मिश्री, थारू, तेली, राजवंशी, ताजपुरियालगायत समुदायको घना बसोबास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।