• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यसरी बन्यो रित्तो गाउँ!

64x64
गोविन्द देवकोटा शनिबार, माघ १३, २०८०  १८:००
1140x725

काठमाडौं– दोलखा सदरमुकाम चरिकोटबाट करिब एक घण्टाको दूरीमा छ सुनखानी। यो गाउँ नामले मात्रै होइन, यहाँको भौगोलिक अवस्था, प्राकृतिक सुन्दरताले भरिपूर्ण र रमणीय छ। 

जहाँ पूर्वाधारका हरेक आधारशिलाहरु छन्। स्वच्छ खानेपाली, अंग्रेजीमै अध्यापन हुने विद्यालय, स्वास्थ्य चौकी सबैको प्रवन्ध छ। उर्वर भूमि जहाँ तरकारी र फलफूल मनग्य उत्पादन हुन्छ। पक्की सडकसँग जोडिएकाले गाउँको उत्पादन बजारसम्म ल्याउन कुनै समस्या छैन।

ritto-gaun-13-1706357278.jpg

सबै सेवा सुविधा हुँदा पनि गाउँमा नभएको पर्याप्त युवा जनशक्ति हो। हरेक घरका कुनै न कुनै युवा विदेश छन्। बाँकी युवावस्थामा लाग्दै गरेकाहरु पनि विदेश जानका लागि काठमाडौंमा छन्। 

हर सुविधा भए पनि सुन्दर गाउँका भग्नावेश हुन लागेका घर र ताल्छा लगाएका ढोका हेर्दा विस्तारै गाउँ रित्तो बन्दै गएको देखिन्छ। सुनखानी त एक प्रतिनिधि गाउँ हो। अहिले पहाडी जिल्लाका हरेकजसो गाउँमा पुग्ने हो भने आधा जति घरमा त ताला नै झुण्ड्याइएको हुन्छ। 

पुँजी भएकाहरु अध्ययनका लागि यूरोप/अमेरिका। थोरै पढेलेखेका र कम पुँजी भएकाहरु काम गर्न खाडी। पढलेख गर्न नसकेका युवाहरु भने भारतिर गएका छन्। खाडी र भारत पुगेकाहरु त आम्दानी गरेर फर्किने नै हुन्। तर युरोप अमेरिका पुगेकाहरु आफू मात्र होइन, केही समयपछि परिवारका सदस्यसमेत लिएर उतै पलायन हुन्छन्।

ritto-gaun-11-1706357277.jpg

अहिले एउटा भनाइ प्रचलनमा आएको छ‘गाउँमा मलामी जाने मानिससमेत पाइँदैनन्।’ हो यही अवस्थाको सोधखोज गरेर डकुमेन्ट्री सर्ट फिल्म रित्तो गाउँ निर्माण भएको छ। जसले बदलिँदो ग्रामीण अवस्थालाई चलचित्रमा उतारेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्रिभुवन विश्वविद्यालयका उद्धव सिग्देलसहित ६ जनाको समूहले गरेको साढे एक महिनाको अध्ययनपछिको निष्कर्ष हो: पहाडी जिल्लाहरु जति विकसित र पूर्वाधार सम्पन्न हुँदै गए तर गाउँमा त्यो सुविधा उपभोग गर्ने जनशक्ति छैन। 

अहिले गाउँमा बुढापाका र महिला मात्र छन्। अध्ययनमा आधारित रहेको बनेको काल्पनिक यस फिल्मलाई निर्माण टिमले देशभर विशेष–शो आयोजना गर्ने, विदेशमा रहेका नेपालीहरु र फिल्म फेस्टिबलहरुमा सहभागिता जनाउने र अन्तिममा ओटीटी प्लेटफर्ममार्फत् वर्ल्डवाइड सार्वजनिक गर्ने तयारी गरेको छ। 

रित्तो गाउँ फिल्मले गाउँको दर्दनाक हालखबर बोकेर संसारभर घुम्ने तयारी गरेको छ। फिल्मका लेखक तथा निर्देशक रामजी ज्ञवाली यतिबेला फिल्मलाई अन्तिम रुप दिन तल्लीन छन्। ‘सर्ट फिल्मको काम सकियो। अब रिसर्चलाई फिल्ममा उतार्ने काम भइरहेको छ। सम्भवतः अब १ महिनामा हामीले प्रोजेक्टको काम सक्नेछौं,’ उनी भन्छन्।

ritto-gaun-12-1706357276.jpg

Xtrem

Xtrem

फिल्मले सामाजिक कथा मात्र बोकेको छैन, सामाजिक सहयोग गर्ने योजना पनि बनाएको छ। फिल्मको वर्ल्डवाइड प्रिमियर गर्ने र त्यसबाट उठेको सम्पूर्ण रकम नेपाल क्रिकेट संघ (क्यान)लाई सहयोग गर्ने निर्णय भएको निर्माता आनन्द आनन्द राज शर्मा वाग्लेले बताए। 

उनले भने, ‘हामीले यस प्रोजेक्टको प्रिमियर गरेर कमाउनेभन्दा पनि गाउँको यथार्थ घटना संसारभर देखाउने र समाजसेवा पनि गर्दै जाने योजना छ। काठमाडौंमा विशेष शो आयोजना गरेर क्यानलाई सहयोग गर्ने हामीले निर्णय गरिसकेका छौं।’ 

फिल्मका निर्देशक रामजी ज्ञवाली लामो समयदेखि फिल्म पत्रकारितामा क्रियाशिल छन्। गुल्मीदेखि बुटवल हुँदै नयाँ पत्रिका देखि कान्तिपुरसम्म लामो समय काम गरेका उनी अहिले भने ‘फुल टाइम’ फिल्म मेकिङमा लागेका छन्। कोरोना महामारीका बेला हङकङ पुगेर फर्कियलगत्तै सर्ट फिल्म निर्माणमा लागेका ज्ञवालीले लकडाउन, डार्कमुन, एक लभर, हनिमुन, आराध्या, लिलामीजस्ता साना प्रोजेक्ट बनाइसकेका छन्।

ritto-gaun-9-1706357275.jpg

तर, ‘रित्तो गाउँ’ अहिलेसम्मको सबैभन्दा धेरै मिहेनत, फिल्म उद्योगका खारिएको टिम लिएर, सोधखोज र समय लगाएर तयार पार्न लागेको ज्ञवाली बताउँछन्। 

यसरी सुरु भयो काम
बसाइँसराइको विषयमा निर्माण भएका अनेक फिल्मभन्दा भिन्न खालको दस्तावेज बन्दैछ रित्तो गाउँ। यो फिल्म स्थलगत अध्ययनपछि नै निर्माण गरिएको हो। नेपाली फिल्म सायदै अध्ययन गरेर निर्माण गरिन्छ। तर यो फिल्म त्यो पनि सिक्दै गरेका निर्देशकद्वारा स्थलगत अध्ययनपछि मात्रै निर्माण सुरु गरिएको हो। 

फिल्ममा गाउँको वर्तमानकालीन वास्तविक छवि देख्न सकिनेछ। साथै यस फिल्ममा स्थलगत अध्ययनको खाकासहित गाउँको तस्विर देखिने एउटा छोटो फिल्म पनि देख्न सकिनेछ। यो प्याकेजको परिकल्पनाभन्दा अघिको कथा भने अलिकति भिन्दै छ।

Ananda-raj-sharma-ritto-gaun-5-1706357271.jpg

गाउँ रित्तिए, कोहि छैन। रामजी ज्ञवालीले चार्टर्ड एकाउन्टेन्ट आनन्दराज शर्मालाई भने, ‘धेरै खर्च लाग्दैन। यसैमा आधारित रहेर एउटा सर्ट फिल्म बनाऔं।’ चार्टर्ड एकाउन्टेन्ट संघमा २ कार्यकालअध्यक्ष पद सम्हालेका, समाजसेवामा पनि उत्तिकै सक्रिय वाग्लेले प्रतिप्रश्न गरे, कति लाग्छ खर्च? ज्ञवालीले भने, ‘३ लाख हाराहारीमा बन्छ।’ शर्माले तुरुन्तै जवाफ दिए,–हुन्छ। मनमा रहेको कथामा आधारित रहेर सानो टिमको परिकल्पना गरे। 

ब्ल्याक मेजिक क्यामेरासहित असाध्यै सानो टिम लिएर बनाउँदा यति बजेटमा फिल्म तयार हुने भयो। तर, ज्ञवालीले ठ्याक्कै सर्ट फिल्म चाहिँ कुन कथामा आधारित रहेर बनाउने? दोधारमा रहे। त्यसपछि उनी सहरको कोलाहलबाट गुमनाम भएर नागार्जुन जंगल नजिकै रहेको ओशो तपोवन पुगे। एक हप्ता एक्लै तपोवनमा बिताएर उनले एउटा गतिलो खाका बनाए। तपोवनबाट फर्किएपछि उनले स्टोरी निर्माणमा लागे।

ritto-gaun-7-1706357273.jpg

तर, खर्चले हल्का नपुग्ने जस्तो संकेत देखियो। निर्माता वाग्लेले अलिकति गतिलो क्यामेरा प्रयोग गरेर फिल्म बनाऔं भने। अब क्यामेरा गतिलो लिने बित्तिकै त्यो चलाउने डिओपी राम्रै लिनु पर्योि। क्यामेरामा प्रयोग हुने लाइटदेखि हर कुरा राम्रो खालको लिनुपर्यो्। क्यामेरा राम्रो तर कलाकार सामान्य लिएर पनि भएन। वरिष्ठ कलाकार हिउवाला गौतम, सुवास गजुरेल, अहिलेका लोकप्रिय कलाकार मुकुन भुषाल र नव कलाकार सविना राउतसहितको टिम तयार पारेर काम अघि बढ्यो। ३ लाखमा निर्माण हुन्छ भनेको सर्ट फिल्मको अनुमानित खर्च सुटिङमा नजाँदै ८ लाख पार गरिसकेको थियो। तर, आनन्द शर्माले प्रेम भुर्तेल, नारायण कँडेल, कुनाल कायल लगायतलाई पनि निर्माण टिममा भित्र्याए। 

ritto-gaun-8-1706357274.jpg

त्यसपछि भने काम सहजै अघि बढ्यो। अहिले रिसर्चसहितको खर्च २० लाख हाराहारी पुगेको निर्देशक ज्ञवाली बताउँछन्। सानो खर्चमा सामान्य काम गर्ने भनिएको थियो, निर्माता शर्माले भने, ‘छोटो फिल्म भएपनि अलिकति स्तरीय काम गरौं भनेर त्यसैअनुसार अघि बढेका हौं। लामो समयको रिसर्च पछि हामीले बनाएको सर्ट फिल्म सहि रहेछ भन्ने पनि पुष्टि भयो।’

सुटिङ सकिएपछि छल्कियो भावुकता!
काभ्रेको पनौती नजिकै रहेको एउटा गाउँमा ३ दिन र रात छायांकन भएको हो। रिसर्चको काम त बाँकी नै थियो, फिल्म पूरा गर्न अझै १ दिन अरु चाहिन्थ्यो। पनौती बसपार्क नजिकैको गाउँमा दिनरात काम गर्दा निर्माण टिम थकित थियो। थकित र आलश्य भए पनि टिमलाई हँसाई हँसाई उनले गरे। रातभर सुटिङ गर्नुपर्ने, बिहान ११ बजे क्यामेरा अन गरिहाल्नुपर्ने। सुटिङ सेड्युअल असाध्यै टाइट थियो। टिमका अरु सदस्य काम सकेपछि सुत्ने बेलामा मस्त सुत्ने भए। तर, निर्देशक ज्ञवाली ४८ घण्टासम्म निदाएनन्। 

ritto-gaun-10-1706357275.jpg

अनिधो थकित अनुहारमा हर कुरा सहेर उनले अन्तिम दिनको छायांकन गर्दै थिए। बिहान ५ बजे असाध्यै पीडा भएपछि निर्देशक ज्ञवाली आधा घण्टा भएपनि आराम गर्छु भनेर क्यामेरा राखिएको खाटमा के मात्रै ढल्किएका थिए, एकजना लाइट म्यानले ‘दर्जनौं फिल्म गरियो। तर, यसरी काम गरेको त पहिलोपटक होला। दिनरात।मैले त देखेकै थिएनँ।’

पल्टिएका ज्ञवाली जुरुक्क उठे। क्लाइमेक्स सिन खिच्न क्यामेरा सेटअप हुँदै थियो। धमाधम टिमलाई पुनः तताए। अन्तिम दृश्य खिचे। क्यामेरा प्याकअप भयो। यतिबेला बिहानको ७ बज्दै थियो। प्रोडक्सन म्यानेजर युवराजले रातभरी काम गरेको टिमलाई चाउ–चाउ र अण्डा बनाउन किचनको टिमलाई अह्राए। तुरुन्तै चिया ल्याए। सामान प्याक गर्ने बेला एकजना लाइट म्यान ढले। के भयो, कसो भयो भन्ने भयो। घरबेटी बुबाले पानी झम्कने देखि अनेक गरे। हामीले तुरुन्तै अस्पताल लैजाने सोचेका थियौं, तर केहि समय पछि लाइट म्यान बिस्तारै उठे। ठिक भयो भन्ने थाहा पाएपछि सबै सदस्यलाई घर पठाउने काम सुरु भयो, तर छायांकन पछि अनेक काम बाँकी रहन्छ।

ritto-gaun-6-1706357271.jpg

सरसफाइदेखि होटलको हिसाव किताव र सरसमानहरु सबै भेरिफाइड गरेर घर निस्कने बेला निर्देशक रामजी ज्ञवाली सडकमा लतर्कै लतारिए। भक्कानो छाडेर रोए। प्रोडक्सन म्यानेजर एक्लै सम्हाल्न सकेनन्, ज्ञवाली केहि समय पछि उठे। प्रोडक्सन म्यानेजर युवराज भन्छन्,‘खास के कारण उहाँ भक्कानिनुभयो मैले सोध्न त सकिनँ। तर, असाध्यै दुःख गरेर जसरी दिनरात काम काम गर्योि त्यसले उहाँमा छुट्टै फिल गराएको मैले बुझेको छु।

अझै राम्रो गर्न सकिन्थ्यो : निर्देशक ज्ञवाली
‘रित्तो गाउँ’ एउटा सानो परिवारको कथा हो। बुढा बुढी मात्रै गाउँमा रहेकाहरुको कथा हो। भर्खरै बिहे गरेकी घरमा छोडिएकी श्रीमतीको पीडा र कथा हो। यी सबै छोडेर सपनाको खोजीमा विदेश पलायन भएका लाखौं युवाहरुको कथा हो। 

ritto-gaun-4-1706357270.jpg
काम गरिरहेका उनले भने, ‘यो फिल्म मात्रै हो। फुल्ली साउण्डको काम बाँकी छ। डकुमेन्ट्रीको ग्राफिक्स डिजाइनदेखि अनेक काम बाँकी छ। उत्कृष्टताको सीमा त हुन्न। तर, हामीले जे जति गरियो ठिक छ।अझै राम्रो गर्न सकिने प्रशस्तै ठाउँहरु छन्।’

निर्देशक ज्ञवाली पुनः थप्छन्, फेरी हाम्रो सिनेमामा बजेट र समयको एउटा सीमा हुन्छ, जसले हामीलाई हतार–हतार काम गर्नुपर्ने बाध्यता रहन्छ। त्यसले गर्दा पनि फिल्म सोचे जस्तो ठ्याक्कै बनाउन नसकिएको जस्तो भइरहँदो रहेछ।यति हुँदा हुँदै मन खुसी हुने र बनाउने खालको डकुमेन्ट्रीमा आधारित सानो फिल्म लगभग बनेको छ। असाध्यै खुसी छु।’

सर्ट फिल्म ‘फ्याक्ट चेक’ गर्न अनुसन्धान
राम्रो इन्टरटेनमेन्ट र त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रिय बिभागको सहयोगमा आनन्द राज प्रोडक्सनद्वारा निर्मित रित्तो गाउँ पहिले फिल्म तयार भयो। तर, त्यसको फ्याक्ट चेक गर्न रिसर्च गरिएको हो। निर्माण टिमले एउटा अनुसन्धान्मुल्क छोटो डकुमेन्ट्री ठ्याक्कै फिल्म निर्माणकै शैलीमा बनाएको छ।

ritto-gaun-1-1706357268.jpg

त्रिभुवन बिस्वबिद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभाग र आनन्द राज प्रोड्क्सन हाउसको सहमति अन्तर्गत विभागले बसाइँसराइका कारण समग्र नेपालमा पर्न गएको र पर्नसक्ने आर्थिक सामाजिक प्रभावको बारेमा अनुसन्धानात्मक अध्यन गरी अनुसन्धानका सुझाव र निश्ष्कर्षसहितको प्रतिबेदन प्रदान गर्ने र प्रोडक्सन हाउसलाई उक्त प्रतिवेदनले पत्ता लगाएका समस्याको समाधनाका लागि कानुन निर्माता तथा राजनैतिक दलहरुसँग नितिगत बहस पैरवी गरी राज्यको नीतिहरुमा परिवर्तन गर्न सहजीकरण गर्ने उद्देश्य रखेको छ। अर्को तर्फ राम्रो इन्टर्टेन्मेन्टसँग साझेदारी गरि उक्त अनुसन्धानको आधारमा छोटो डकुमेण्ट्री फिलिम रित्तो गाउँमा विशेष खाका राखेर यथार्थ स्थितिलाई चित्रण गर्ने तयारी गरिएको हो।

ritto-gaun-2-1706357268.jpg

नेपालीफिल्महरु पनि  खोज र अनुसन्धानको आधार बनाउनु पर्छ भनेर युवा निर्माता सीए आनन्द राज शर्मा वाग्ले भन्छन्, ‘अनुसन्धान्मुल्क छोटो फिलिम अबको आवश्यकता हो। यसले हाम्रो समय र कन्टेन्टको गुणस्तरलाई प्राथमिकता दिनेछ। र, बौद्धिक तथा आम जनजीवन दुबैलाई रित्तो गाउले समेटेको छ।’

यो वास्तबिक नेपाली कथा हो।रित्तो गाउले आहिले को नेपाली परिबेश र नितिगत रुपमा बसाइँसराइ र युवाले देश छोड्ने परिपाटीलाई रोक्ने निति निर्माण र कार्यान्यन नगर्दा  अब आउने नेपाल र नेपालीहरुको दयनीय अवस्था हुनसक्ने कुरालाई संकेत गर्दछ।

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गोविन्द देवकोटा
लेखकबाट थप
हिउँले ढाकिएको जोखिमपूर्ण बाटोमा काँधमाथि बिरामी र देशको दुर्दशा दर्शाउने यो तस्बिर
पुस पुन्नुवाँ : ‘रात ब्याउनू’ है साथ्यौ
नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्चको फैसलाविरुद्ध सत्तापक्ष-प्रतिपक्ष एकै ठाउँमा
सम्बन्धित सामग्री
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्