काठमाडौं- गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जनाएको छ।
छानबिन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला तथा सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य रहेको मन्त्रालयले जनाएको छ।
साथै मन्त्रालयले विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।