काठमडौं– हुण्डी कारोबार गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं अनामनगरका ५० वर्षीय युवराज प्रसाईं र काठमाडौं नयाँबस्तीका ३० वर्षीय विश्वास राई छन्।
प्रसाईंको अनामनगरस्थित घरबाट अवैध हुण्डी कारोबार हुने गरेको भन्ने सूचनाका आधारमा खटिएका सीआईबीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुबाट ३० लाख १८ हजार बरामद भएको छ। पक्राउ परेकाहरु विरुद्ध म्याद थप गरेर अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता तथा एसपी नवराज अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।