काठमाडौं– लागु औषधको मुद्दामा पक्राउ परेका थुनुवासहित भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन्। नेपाल प्रहरीका तत्कालीन जवान वीरवल यादवलाई प्रहरीले १६ वर्षपछि पक्राउ गरेको हो।
रौतहट घर भएका यादव १६ वर्ष अगाडि थुनुवालाई लिएर भागेका थिए। यादव लामो समयसम्म भारतमा गएर लुकेर बसेका थिए। प्रहरीका अनुसार उनले भारतमा ट्याक्सी चलाउने काम गर्दै आएका थिए।
लामो समयपछि घर फर्किएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो।
यादवले भगाएका थुनुवा भारतीय नागरिक नै हुन्। लागु औषधसहित पक्राउ परेका ती थुनुवालाई १० लाख रुपैयाँ पाउने आशामा यादवले भगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।