काठमाडौं– कर्तव्य ज्यान कसुरका एक फरार प्रतिवादी पक्राउ परेका छन्। संखुवासभाको साविक सिद्धकाली गाविस– का ३५ वर्षीया कैली तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत संखुवासभाको २०६६ फागुन १२ गतेको फैसलाले कर्तव्य ज्यान कसुरमा उनलाई २० वर्ष कैद सजाय सुनाइएको थियो। कैद सजाय भुक्तान नगरी फरार भएकी कैलीलाई इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय संखुवासभामा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।