काठमाडौं– बलात्कार आरोपमा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ परेका छन्।
बलात्कार कसुरका फरार व्यक्ति सुनसरी बराहक्षेत्र नगरपालिका–११ मधुवन बस्ने २५ वर्षीय सेहमान खाँ पक्राउ परेका हुन् । नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) दोहाको समन्वयमा उनी कतारमा पक्राउ परेका हुन्।
उनलाई बलात्कार कसुरमा कारबाहीका लागि बिहीबार नेपाल फिर्ता ल्याइएको छ। खाँ विरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट माघ २ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।