काठमाडौं– मीनबहादुर भाम निर्देशित फिल्म ‘साम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको छ।
‘साम्बला’ बर्लिन फिल्म फेस्टिभलको उक्त विधामा छनोट हुने पहिलो नेपाली फिल्म हो फिल्म हो।
‘साम्बाला’लाई भाम र अविनाश विक्रम शाहले लेखेका हुन्।
डोल्पामा छायाँकन गरिएको यो फिेममा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हालगायतको मुख्य भूमिका छ। यो फिल्मको बजेट रु १४ करोड थियो।
भाम निर्देशित फिल्म ‘कालोपोथी’ पनि भेनिस फिल्म फेस्टिभलमा प्रिमियर गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।