काठमाडौं– निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले आफ्ना ग्राहकका लागि नयाँ ‘बाइ वान गिफ्ट वान फ्री’ योजना ल्याएको छ। ‘एक किन्दा एक उपहार’ इन्टरनेट योजनाअन्तर्गत ग्राहकहरुले आफ्ना प्रियजनलाई १२५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्नेछन् र बदलामा आफ्नो लागि थप १ महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
यो योजनामा योग्य हुनका लागि भायानेट ग्राहकले ३, ६ वा १२ महिनाको सदस्यता अवधिको साथ १२५ एमबीपीएस वा सोभन्दा माथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने कम्पनीले जनाएको छ। एकपटक योग्य भएपछि ग्राहकले एसएमएसमार्फत् उपहार भौचर कोड प्राप्त गर्नेछन्, जुन उनीहरुले आफ्नो प्रियजनलाई प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ।
गिफ्ट भौचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १२५ एमबीपीएस ३ महिनाको २७०० रुपैयाँ र भ्याट बाराबरको इन्टरनेट प्याकेज उपहार दाबी गर्न सक्छन्। उपहार भौचर नयाँ जडानको लागि मात्र उपलब्ध रहेको र यसमा जडान शुल्क लागु हुने कम्पनीले जनाएको छ।
उपहार भौचर दाबी गरिसकेपछि, आफ्नो प्रियजनलाई उपहार भौचर दिने मूल ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरे बापत १ महिनाको इन्टरनेट निःशुल्क पाउनेछन्।
यो अफरका लागि भायानेटले १२५ एमबीपीएस ३ महिनाको प्याकेजमा नयाँ मूल्य सार्वजनिक गरेको छ। जसको मुल्य मात्र २७०० रुपैयाँ भ्याट पर्नेछ।
‘हामी हाम्रा ग्राहकहरूका लागि यो आकर्षक योजना ल्याउन पाउँदा खुसी छौं। हामी विश्वास गर्छौं कि कनेक्टिभिटीको उपहार, विशेष गरी आजको द्रुत रूपमा डिजिटलाइजिङ संसारमा अर्थपूर्ण मात्र होइन मूल्यवान पनि छ। हाम्रो संस्थाको ग्राहक वृद्धि गराउनमा स्वम ग्राहकहरू सबैभन्दा ठूलो शक्ती र ग्राहक रेफरल मुख्य स्रोत रहँदै आएको छ। हाम्रा सेवाहरू रेफर गर्ने ग्राहकहरूको उच्च संख्या हुनु ग्राहकको सेवा प्रती हाम्रो निरन्तर प्रतिबद्धताको प्रमाण हो। हाम्रा सेवाहरूलाई अझ धेरै ग्रहकले रेफर गर्दै यस परियोजना बाट धेरै भन्दा धेरै ग्राहकले फाईदा लिन सकुन भनेर नै यस इन्टरनेट उपहार दिने अवधारणा ल्याएका हौ,’ भायानेटका सेल्स एण्ड मार्केटिङ उपाध्यक्ष शहिन श्रेष्ठले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।