काठमाडौं– प्रसिद्ध बलिउड फिल्ममेकर सञ्जय लीला भन्सालीले शाहरुख खानसँग फिल्म ‘इन्शाअल्लाह’ बनाउने भएका छन्।
भन्साली अहिले आफ्नो पिरियड ड्रामा वेब सिरिज ‘हीरामण्डी’मा व्यस्त छन्। ‘हिरामण्डी’मा मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा देखिनेछन्।
केही वर्ष पहिले फिल्म ‘इन्शाअल्लाह’ चर्चामा थियो, जसमा सलमान खान र आलिया भट्टको नाम आएको थियो। तर प्राविधिक कारणले यो फिल्म त्यतिबेला रोकिएको थियो।
उनी फेरि यो फिल्म बनाउने तयारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।