दाङ- ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गराउन लगाउने मतियार सहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–७ सिप्टा बस्ने ४३ वर्षीय सुकवीर कुमाल र सोही गाउँपालिका–६ बस्ने १० वर्षीय २ जना बालक रहेका छन्।
सुकवीरले ४ जना बालकहरूलाई ती बालिकालाई जबरजस्ती करणी गर्न लगाएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खांग्राबाट खटिएको प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको थियो।
उनीहरूमध्ये २ जना बालकलाई आफन्तको जिम्मा लगाई पठाइएको छ भने सुकवीर कुमाल र अन्य २ जना बालक उपर जिल्ला अदालत दाङबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।