काठमाडौं- १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–६ घर भएका २४ वर्षीय काले भनिने संयोग चौधरी छन्।
चौधरीले ती बालिकालाई गत पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका चौधरी विरुद्ध बलात्कार कसुरमा जिल्ला अदालत मोरङबाट म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।