• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यसरी भर्नुहोस् काठमाडौं महानगरले दिन लागेको तालिमको फाराम 

साइबर सेक्युरिटीमा ४ हजार व्यक्तिलाई तालिम दिइने
64x64
नेपाल लाइभ बुधबार, माघ ३, २०८०  २१:१६
1140x725

काठमाडौं– १० वटा महानगर गौरव योजनामध्ये काठमाडौँ महानगरपालिकाले मङ्गलवार ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ। महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले कार्यक्रमको सङ्केत चिन्ह सार्वजनिक गरेर कार्यक्रमको शुभारम्भ गरेकी हुन्।  सामाजिक विकास विभागले कार्यान्वयन गर्ने यस कार्यक्रममा सिप नजानेका र सिपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सिप सिकाउने तथा सिपको स्तरोन्नति गराउने क्रियाकलाप सञ्चालन हुनेछन्। 

महानगरपालिकामा बसोबास गरिरहेका (स्थायी, अस्थायी बसोबास तथा करदाता समेत) व्यक्ति, फोहोर व्यवस्थापन हुँदै आएको ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा प्राथमिक लक्षित वर्ग हुन्। बेरोजगार, युवा (महिला, पुरुष), रोजगारी गुमाएर बसेकाहरू, विदेशबाट सिप सिकेर तथा काम गरेर फर्केका (अहिले काम खोज्दै गरेका) व्यक्तिलाई सबैलाई तालिमको अवसर प्रदान गरिने महानगरले जनाएको छ।

यस वर्ष १५ हजार व्यक्तिलाई निःशुल्क सिपमूलक तालिम प्रदान गर्ने, जसमध्ये ५ हजार जनालाई प्रत्यक्ष रोजगारीमा आबद्ध गराउने लक्ष्य राखिएको छ।

कार्यक्रममा बोल्दै उपप्रमुख डङ्गोलले भनिन्, ‘जनशक्तिको माग र आपूर्तिको चक्रलाई अध्ययन गरेर आवश्यकताका आधारमा तालिमका विधा छानिएको हो। जनशक्तिको माग हुने क्षेत्रबाट सिपयुक्त जनशक्ति नभएको गुनासो आउँछ। अर्कोतिर शैक्षिक योग्यता प्राप्त गरेका विद्यार्थीहरू आफ्नो योग्यताअनुसारको रोजगार नपाएको गुनासो गर्नुहुन्छ। माग र आपूर्तिका बिचमा भएको यो कमीलाई तालिमबाट घटाउने हाम्रो लक्ष्य हो।’ उनले थप्दै भनिन्, ‘महानगरपालिकाले आयोजना गरेका कार्यक्रमबाट मेरो वृत्ति विकास भयो। म रोजगार भएँ भन्ने व्यक्तिहरूको सङ्ख्या बढ्ने आशा लिएका छौँ। आय वृद्धि गराउन सिपयुक्त हुन जरुरी छ। यो जरुरी पूरा गराउने हाम्रो प्रयास हो।’

‘पूर्वाधार विकासका कार्यक्रमसँगै सामाजिक विकासका कार्यक्रममा महानगरपालिकाले काम गरिरहेको छ। यसबाट अनुभव गर्न सकिने नतिजा आउनेछ।’ कार्यपालिका सदस्य महेश नेपालीले भने, ‘आज जनजीविका, पेसा र सुरक्षासँग प्रत्यक्ष जोडिएको कार्यक्रम थालिएको छ।’

कार्यक्रममा प्रस्तुतीकरण गर्दै सूचना प्रविधि विज्ञ सुदीप ढकालले, तालिम कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।  तालिमका क्षेत्र र लक्षित वर्गका बारेमा जानकारी दिँदै उनले भने, ‘रोजगारमूलक तालिम दिएर उनीहरूको सिप र क्षमता बढाउने, आय आर्जनका क्रियाकलापमा सक्रिय बनाउने र रोजगारदातासँग आबद्ध गराउने यसको लक्ष्य हो। सिप सिकेका व्यक्तिहरू श्रम बैङ्कमा आबद्ध हुने र रोजगारदाताले श्रम बैङ्कबाट जनशक्ति लिन सक्ने संयन्त्र निर्माण गरिएको छ।’

उद्घाटन कार्यक्रममा सहभागी हुन इच्छुकहरूलाई अनलाइन इच्छा व्यक्त गर्ने अवसर दिइएको थियो। यसबाट ८ हजार ३७६ जनाले कार्यक्रममा सहभागी हुन इच्छा देखाएका थिए।  जसमध्ये करिब ४ हजार व्यक्ति कार्यक्रम स्थलमा आएको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जानकारी दिए।  कार्यक्रममा सहभागीमध्ये साइबर सेक्युरिटी तालिम लिन इच्छा हुनेलाई रुचि फाराम भर्न दिइएको थियो। यसमा करिब २ हजार व्यक्तिले इच्छा देखाएको झाको भनाइ छ।

कार्यक्रममा तालिमसँग सम्बन्धित विधाका प्रदर्शनीहरू राखिएका थिए। यसमा विद्यालयहरूमा चलिरहेको शिक्षामा सिप कार्यक्रमका प्रशिक्षक तथा प्रशिक्षण संस्थाहरू सहभागी थिए।  

Ncell 2
Ncell 2

तालिम लिन कसरी फाराम भर्ने 

चालु आर्थिक वर्षबाट कार्यान्वयनमा आएको यो कार्यक्रममा सहभागी हुन गएको असोज २२ गते सार्वजनिक सूचनाबाट इच्छुक व्यक्तिहरूलाई फाराम भर्न आव्हान गरिएको छ। अनलाइन फाराममा आफूले तालिम लिन चाहेको विधा छान्न सकिन्छ। अनलाइनमा पहुँच नहुनेका लागि अन्य विधाका तालिम लिन वडा कार्यालयमा गएर फाराम भर्न सकिने व्यवस्था मिलाइएको छ। 

फाराममा इच्छुक व्यक्तिले नाम थर, शैक्षिक योग्यता, हाल संलग्न पेसा, तालिम लिएको भए विवरण, अनुभव कुन क्षेत्रमा छ, काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि वा कर्मचारीको परिवार हो कि होइन, ल्याण्डफिल साइट प्रभावित क्षेत्रको बासिन्दा हो कि होइन, महानगरपालिकामा स्थायी बसोबास गर्नुहुन्छ कि हुन्न, महिलाहरूका हकमा एकल हो कि होइन, जस्ता विवरण भर्नुपर्छ। 

शारीरिक अपाङ्गता छ भने कस्तो खालको अवस्था हो जस्ता विवरण, फारामबाट माग गरिएका छन्। फाराम भर्नेले यी विधामध्ये आफूलाई रुचि लागेको क्षेत्रलाई १ त्यसपछिको रुचिको क्षेत्रलाई क्रमशः २, ३, ४ र ५ नम्बर दिनुपर्नेछ। 

अहिलेसम्ममा सफ्टवेयर डिभलपमेन्ट, व्युटिसियन, डिजिटल मार्केटिङ्, र प्रोफेसनल एकाउन्टेन्ट तालिम सुरु भइसकेका छन्।

साइबर सेक्युरिटी तालिम

महानगरपालिकाले मङ्गलवार नै साइबर सेक्युरिटी तालिम कार्यक्रमको शुभारम्भ गरेको छ। यो तालिमका साझेदार इसी काउन्सिल र ग्याप टेक्नोलोजी हुन्। यो तालिम ४ हजार व्यक्तिलाई दिइनेछ। 

कार्यक्रममा उपप्रमुख डङ्गोलले, साइबर सेक्युरिटी व्यक्तिको दैनिक जीवन, पेसागत जीवनसँगै संस्थाहरूका लागि अपरिहार्य बनेको उल्लेख गरिन।  यसलाई सम्भावित जोखिमबाट बचाउन तालिम दिन अहिलेको सापेक्ष कार्यक्रम हो। उनको भनाइ थियो। 

इसी काउन्सिलका उपाध्यक्ष निसर्ग आचार्यले प्रविधिको बढ्दो प्रयोगसँगै व्यक्तिहरू व्यक्तिगत रूपमा, पेसाकर्मीहरू पेसागत रूपमा र संस्थाहरू संस्थागत रूपमै जोखिममा रहेको उल्लेख गरेका थिए। यसबाट बच्ने उपायका बारेमा गम्भीर भएर सोचिएको छैन। अब सोच्ने बेला आएको छ। आचार्यको भनाइ थियो। 

ग्याप टेक्नोलोजिजका सहसंस्थापक तथा प्रमुख कार्यकारी प्रिन्स अग्रवालले प्रविधिलाई जोडेर तालिम चलाउने महानगरपालिकाको निर्णयबाट धेरै क्षेत्रमा लाभ पुग्ने बताएका थिए। 

समूहगत छलफलमा साइबर सेक्युरिटी

व्यक्ति व्यक्तिमा साइबरसँग सम्बन्धित खतरा बढिरहेका बेला महानगरपालिकाले यसको सुरक्षासँग सम्बन्धित विषय तालिम चलाउनु, यसका प्रभाव, अवस्था र आवश्यकताका विषयमा छलफल चलाउनुलाई विषय विज्ञहरूले प्रशंसा गरेका थिए।  

समाज परिवर्तनका पक्षहरूमा प्राज्ञिक क्षेत्रबाट छलफल चल्नु पर्ने थियो। महानगरपालिकाबाट थालियो। यसले भोलिको समाजलाई ठुलो योगदान दिनेछ। उनीहरूको साझा मत थियो। 

‘साइबर सुरक्षा बढाउन आवश्यक लगानी नगरेको, नीति बलियो नदेखिएको सरकारका कमजोरी हुन्।’ विज्ञहरूले बैङ्क तथा वित्तीय संस्थाहरू, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका प्रयोगकर्ता तथा व्यवसायीहरूमा पनि सुरक्षा संवेदनशीलता नदेखिएको दृष्टिकोण राखेका थिए। 

आयोगका सदस्य झाले सहजीकरण गर्दै, साइबर सुरक्षाका लागि हामी कता जानु पर्ने थियो, कता जाँदै छौँ, के गर्नु पर्ने थियो, के गर्दै छौँ, सन्दर्भभित्र सामूहिक छलफल चलाएका थिए। 

छलफलमा राष्ट्र बैङ्कका डिजिटल करेन्सी महाशाखाका निर्देशक इन्जिनियर कृष्णराम धुँजु, नेपाल प्रहरीको साइबर ब्युरोका प्रमुख पशुपति राय, इनोभेट नेपाल समूहका अध्यक्ष सुलभ बुढाथोकी, एनसेलका सूचना सुरक्षा एकाइ प्रमुख यस्मिन भट्टराई सहभागी भएका थिए। 

तालिमका विधाहरू 

१) प्रोफेसनल कम्प्युटर हार्डवेयर नेटवर्किङ तथा सिसिटिभी क्यामरा जडान तथा मर्मत तालिम 

२) सफ्टवेयर डिभलपमेन्ट तालिम 

३) प्रोफेसनल इलेक्ट्रिसियन एण्ड प्लम्बिङ् तालिम 

४) सिलाइ कटाइ तथा फेसन डिजाइनिङ् तालिम 

५) कन्स्ट्रक्सन लेवर तथा मिस्त्री तालिम 

६) ब्युटी पार्लर तथा सैलुन तालिम 

७) मोटरसाइकल रिपेयर मेन्टिनेन्स तालिम 

८) लाइट भेहिकल मेन्टिनेन्स तालिम 

९) कार्पेन्टर तथा इन्टेरियर डिजाइनिङ् तालिम

१०) हस्तकला तथा मूर्तिकला तालिम 

११) आकाशे पानी सङ्कलन तथा रिजर्व वोरिङ् तालिम

१२) सरसफाइ तथा माली तालिम

१३) कौसी खेती (भर्टिकल फार्मिङ्) तालिम

१४) हेभी इक्वीपमेन्ट अपरेटर (ब्लाक व्हो, लोडर, एक्साभेटर) तालिम 

१५) फास्टफुड/चाइनिज र इन्डियन कुक तालिम 

१६) बारिस्ता / बेकरी तालिम 

१७) बार ट्रेण्डिङ्/वेटर/वेट्रिस तालिम

१८) होम एप्लाइन्सेस मर्मत तालिम 

१९) अनलाइन रोजगार (जब) तालिम 

२०) सम्पदा निर्माण तथा मर्मत तालिम 

२१) प्रोसेसनल अकान्टिङ् तालिम 

२२) रिसेप्सनिष्ट तथा क्यासियर तालिम 

२३) मार्केटिङ् तथा डिजिटल मार्केटिङ् तालिम 

२४) ग्राफिक्स डिजाइन भिडियोग्राफी तथा भिडियो इडिटिङ् 

२५) एल्मुनियम, युपीभीसी, फेब्रिकेसन तालिम 

२६) टुटिस्ट गाइड तालिम 

२७) सेक्युरिटी गार्ड तालिम

२८) स्पा तथा थेरापी तालिम 

२९) लघु उद्यम विकास सहजकर्ता तालिम 

३०) जुत्ता बनाउने तालिम 

३१) सहकारी व्यवस्थापक तालिम 

३२) गरगहना बनाउने तालिम 

३३) विभिन्न खेलकुदका लागि 

३४) अन्य तालिमका लागि 

तालिममा भाग लिन चाहनेहरुले वडा कार्यालयमा सम्पर्क गरेर वा अनलाइन फारामबाट आवेदन दिन सकिने विभागले जनाएको छ।

फाराम भर्नको लागि यहाँ क्लिक गर्न सक्नु गर्न सक्नु हुनेछ। 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  २१:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको सांगठनिक प्रतिवेदनको पुर्णपाठ
पार्टी फुट्न नदिन विष पिउन तयार छु : शेखर कोइराला
नेकपाको २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ मंगलबार
सम्बन्धित सामग्री
बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु पाटन नगरपालिका-८ का वडाध्यक्ष हरिस बिस्टका अनुसार ३ जनाको मृत्यु भएको र ६ जना घाइतेको उद्धार गरिएको छ । जिप सडकबाट करिब २०० मिटर तल... सोमबार, पुस २८, २०८२
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण समुद्री सतहदेखि चार हजार ८९२ मिटर अग्लो माउन्ट भिन्सनको सफल आरोहण गरेसँगै पूर्व गोर्खासमेत रहेका हरि बुढामगरले विश्वको सातै महादेशका... सोमबार, पुस २८, २०८२
देशभर मौसम मुख्यतया सफा रहने तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
यस्तो छ विशेष महाधिवेशनमा विश्वप्रकाशले पेस गरेको सांगठनिक प्रतिवेदनको पुर्णपाठ सोमबार, पुस २८, २०८२
पार्टी फुट्न नदिन विष पिउन तयार छु : शेखर कोइराला सोमबार, पुस २८, २०८२
नेकपाको २४९९ सदस्यीय केन्द्रीय कमिटीको शपथ मंगलबार सोमबार, पुस २८, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
बैतडीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन- ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्