Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यसरी भर्नुहोस् काठमाडौं महानगरले दिन लागेको तालिमको फाराम 

साइबर सेक्युरिटीमा ४ हजार व्यक्तिलाई तालिम दिइने
64x64
नेपाल लाइभ बुधबार, माघ ३, २०८०  २१:१६
1140x725

काठमाडौं– १० वटा महानगर गौरव योजनामध्ये काठमाडौँ महानगरपालिकाले मङ्गलवार ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ। महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले कार्यक्रमको सङ्केत चिन्ह सार्वजनिक गरेर कार्यक्रमको शुभारम्भ गरेकी हुन्।  सामाजिक विकास विभागले कार्यान्वयन गर्ने यस कार्यक्रममा सिप नजानेका र सिपको स्तरोन्नति गर्नुपर्ने व्यक्तिलाई सिप सिकाउने तथा सिपको स्तरोन्नति गराउने क्रियाकलाप सञ्चालन हुनेछन्। 

महानगरपालिकामा बसोबास गरिरहेका (स्थायी, अस्थायी बसोबास तथा करदाता समेत) व्यक्ति, फोहोर व्यवस्थापन हुँदै आएको ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा प्राथमिक लक्षित वर्ग हुन्। बेरोजगार, युवा (महिला, पुरुष), रोजगारी गुमाएर बसेकाहरू, विदेशबाट सिप सिकेर तथा काम गरेर फर्केका (अहिले काम खोज्दै गरेका) व्यक्तिलाई सबैलाई तालिमको अवसर प्रदान गरिने महानगरले जनाएको छ।

यस वर्ष १५ हजार व्यक्तिलाई निःशुल्क सिपमूलक तालिम प्रदान गर्ने, जसमध्ये ५ हजार जनालाई प्रत्यक्ष रोजगारीमा आबद्ध गराउने लक्ष्य राखिएको छ।

कार्यक्रममा बोल्दै उपप्रमुख डङ्गोलले भनिन्, ‘जनशक्तिको माग र आपूर्तिको चक्रलाई अध्ययन गरेर आवश्यकताका आधारमा तालिमका विधा छानिएको हो। जनशक्तिको माग हुने क्षेत्रबाट सिपयुक्त जनशक्ति नभएको गुनासो आउँछ। अर्कोतिर शैक्षिक योग्यता प्राप्त गरेका विद्यार्थीहरू आफ्नो योग्यताअनुसारको रोजगार नपाएको गुनासो गर्नुहुन्छ। माग र आपूर्तिका बिचमा भएको यो कमीलाई तालिमबाट घटाउने हाम्रो लक्ष्य हो।’ उनले थप्दै भनिन्, ‘महानगरपालिकाले आयोजना गरेका कार्यक्रमबाट मेरो वृत्ति विकास भयो। म रोजगार भएँ भन्ने व्यक्तिहरूको सङ्ख्या बढ्ने आशा लिएका छौँ। आय वृद्धि गराउन सिपयुक्त हुन जरुरी छ। यो जरुरी पूरा गराउने हाम्रो प्रयास हो।’

‘पूर्वाधार विकासका कार्यक्रमसँगै सामाजिक विकासका कार्यक्रममा महानगरपालिकाले काम गरिरहेको छ। यसबाट अनुभव गर्न सकिने नतिजा आउनेछ।’ कार्यपालिका सदस्य महेश नेपालीले भने, ‘आज जनजीविका, पेसा र सुरक्षासँग प्रत्यक्ष जोडिएको कार्यक्रम थालिएको छ।’

कार्यक्रममा प्रस्तुतीकरण गर्दै सूचना प्रविधि विज्ञ सुदीप ढकालले, तालिम कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।  तालिमका क्षेत्र र लक्षित वर्गका बारेमा जानकारी दिँदै उनले भने, ‘रोजगारमूलक तालिम दिएर उनीहरूको सिप र क्षमता बढाउने, आय आर्जनका क्रियाकलापमा सक्रिय बनाउने र रोजगारदातासँग आबद्ध गराउने यसको लक्ष्य हो। सिप सिकेका व्यक्तिहरू श्रम बैङ्कमा आबद्ध हुने र रोजगारदाताले श्रम बैङ्कबाट जनशक्ति लिन सक्ने संयन्त्र निर्माण गरिएको छ।’

उद्घाटन कार्यक्रममा सहभागी हुन इच्छुकहरूलाई अनलाइन इच्छा व्यक्त गर्ने अवसर दिइएको थियो। यसबाट ८ हजार ३७६ जनाले कार्यक्रममा सहभागी हुन इच्छा देखाएका थिए।  जसमध्ये करिब ४ हजार व्यक्ति कार्यक्रम स्थलमा आएको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जानकारी दिए।  कार्यक्रममा सहभागीमध्ये साइबर सेक्युरिटी तालिम लिन इच्छा हुनेलाई रुचि फाराम भर्न दिइएको थियो। यसमा करिब २ हजार व्यक्तिले इच्छा देखाएको झाको भनाइ छ।

कार्यक्रममा तालिमसँग सम्बन्धित विधाका प्रदर्शनीहरू राखिएका थिए। यसमा विद्यालयहरूमा चलिरहेको शिक्षामा सिप कार्यक्रमका प्रशिक्षक तथा प्रशिक्षण संस्थाहरू सहभागी थिए।  

Ncell 2
Ncell 2
nimb
nimb

तालिम लिन कसरी फाराम भर्ने 

चालु आर्थिक वर्षबाट कार्यान्वयनमा आएको यो कार्यक्रममा सहभागी हुन गएको असोज २२ गते सार्वजनिक सूचनाबाट इच्छुक व्यक्तिहरूलाई फाराम भर्न आव्हान गरिएको छ। अनलाइन फाराममा आफूले तालिम लिन चाहेको विधा छान्न सकिन्छ। अनलाइनमा पहुँच नहुनेका लागि अन्य विधाका तालिम लिन वडा कार्यालयमा गएर फाराम भर्न सकिने व्यवस्था मिलाइएको छ। 

फाराममा इच्छुक व्यक्तिले नाम थर, शैक्षिक योग्यता, हाल संलग्न पेसा, तालिम लिएको भए विवरण, अनुभव कुन क्षेत्रमा छ, काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि वा कर्मचारीको परिवार हो कि होइन, ल्याण्डफिल साइट प्रभावित क्षेत्रको बासिन्दा हो कि होइन, महानगरपालिकामा स्थायी बसोबास गर्नुहुन्छ कि हुन्न, महिलाहरूका हकमा एकल हो कि होइन, जस्ता विवरण भर्नुपर्छ। 

शारीरिक अपाङ्गता छ भने कस्तो खालको अवस्था हो जस्ता विवरण, फारामबाट माग गरिएका छन्। फाराम भर्नेले यी विधामध्ये आफूलाई रुचि लागेको क्षेत्रलाई १ त्यसपछिको रुचिको क्षेत्रलाई क्रमशः २, ३, ४ र ५ नम्बर दिनुपर्नेछ। 

Xtrem

Xtrem

अहिलेसम्ममा सफ्टवेयर डिभलपमेन्ट, व्युटिसियन, डिजिटल मार्केटिङ्, र प्रोफेसनल एकाउन्टेन्ट तालिम सुरु भइसकेका छन्।

साइबर सेक्युरिटी तालिम

महानगरपालिकाले मङ्गलवार नै साइबर सेक्युरिटी तालिम कार्यक्रमको शुभारम्भ गरेको छ। यो तालिमका साझेदार इसी काउन्सिल र ग्याप टेक्नोलोजी हुन्। यो तालिम ४ हजार व्यक्तिलाई दिइनेछ। 

कार्यक्रममा उपप्रमुख डङ्गोलले, साइबर सेक्युरिटी व्यक्तिको दैनिक जीवन, पेसागत जीवनसँगै संस्थाहरूका लागि अपरिहार्य बनेको उल्लेख गरिन।  यसलाई सम्भावित जोखिमबाट बचाउन तालिम दिन अहिलेको सापेक्ष कार्यक्रम हो। उनको भनाइ थियो। 

इसी काउन्सिलका उपाध्यक्ष निसर्ग आचार्यले प्रविधिको बढ्दो प्रयोगसँगै व्यक्तिहरू व्यक्तिगत रूपमा, पेसाकर्मीहरू पेसागत रूपमा र संस्थाहरू संस्थागत रूपमै जोखिममा रहेको उल्लेख गरेका थिए। यसबाट बच्ने उपायका बारेमा गम्भीर भएर सोचिएको छैन। अब सोच्ने बेला आएको छ। आचार्यको भनाइ थियो। 

ग्याप टेक्नोलोजिजका सहसंस्थापक तथा प्रमुख कार्यकारी प्रिन्स अग्रवालले प्रविधिलाई जोडेर तालिम चलाउने महानगरपालिकाको निर्णयबाट धेरै क्षेत्रमा लाभ पुग्ने बताएका थिए। 

समूहगत छलफलमा साइबर सेक्युरिटी

व्यक्ति व्यक्तिमा साइबरसँग सम्बन्धित खतरा बढिरहेका बेला महानगरपालिकाले यसको सुरक्षासँग सम्बन्धित विषय तालिम चलाउनु, यसका प्रभाव, अवस्था र आवश्यकताका विषयमा छलफल चलाउनुलाई विषय विज्ञहरूले प्रशंसा गरेका थिए।  

समाज परिवर्तनका पक्षहरूमा प्राज्ञिक क्षेत्रबाट छलफल चल्नु पर्ने थियो। महानगरपालिकाबाट थालियो। यसले भोलिको समाजलाई ठुलो योगदान दिनेछ। उनीहरूको साझा मत थियो। 

‘साइबर सुरक्षा बढाउन आवश्यक लगानी नगरेको, नीति बलियो नदेखिएको सरकारका कमजोरी हुन्।’ विज्ञहरूले बैङ्क तथा वित्तीय संस्थाहरू, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका प्रयोगकर्ता तथा व्यवसायीहरूमा पनि सुरक्षा संवेदनशीलता नदेखिएको दृष्टिकोण राखेका थिए। 

आयोगका सदस्य झाले सहजीकरण गर्दै, साइबर सुरक्षाका लागि हामी कता जानु पर्ने थियो, कता जाँदै छौँ, के गर्नु पर्ने थियो, के गर्दै छौँ, सन्दर्भभित्र सामूहिक छलफल चलाएका थिए। 

छलफलमा राष्ट्र बैङ्कका डिजिटल करेन्सी महाशाखाका निर्देशक इन्जिनियर कृष्णराम धुँजु, नेपाल प्रहरीको साइबर ब्युरोका प्रमुख पशुपति राय, इनोभेट नेपाल समूहका अध्यक्ष सुलभ बुढाथोकी, एनसेलका सूचना सुरक्षा एकाइ प्रमुख यस्मिन भट्टराई सहभागी भएका थिए। 

तालिमका विधाहरू 

१) प्रोफेसनल कम्प्युटर हार्डवेयर नेटवर्किङ तथा सिसिटिभी क्यामरा जडान तथा मर्मत तालिम 

२) सफ्टवेयर डिभलपमेन्ट तालिम 

३) प्रोफेसनल इलेक्ट्रिसियन एण्ड प्लम्बिङ् तालिम 

४) सिलाइ कटाइ तथा फेसन डिजाइनिङ् तालिम 

५) कन्स्ट्रक्सन लेवर तथा मिस्त्री तालिम 

६) ब्युटी पार्लर तथा सैलुन तालिम 

७) मोटरसाइकल रिपेयर मेन्टिनेन्स तालिम 

८) लाइट भेहिकल मेन्टिनेन्स तालिम 

९) कार्पेन्टर तथा इन्टेरियर डिजाइनिङ् तालिम

१०) हस्तकला तथा मूर्तिकला तालिम 

११) आकाशे पानी सङ्कलन तथा रिजर्व वोरिङ् तालिम

१२) सरसफाइ तथा माली तालिम

१३) कौसी खेती (भर्टिकल फार्मिङ्) तालिम

१४) हेभी इक्वीपमेन्ट अपरेटर (ब्लाक व्हो, लोडर, एक्साभेटर) तालिम 

१५) फास्टफुड/चाइनिज र इन्डियन कुक तालिम 

१६) बारिस्ता / बेकरी तालिम 

१७) बार ट्रेण्डिङ्/वेटर/वेट्रिस तालिम

१८) होम एप्लाइन्सेस मर्मत तालिम 

१९) अनलाइन रोजगार (जब) तालिम 

२०) सम्पदा निर्माण तथा मर्मत तालिम 

२१) प्रोसेसनल अकान्टिङ् तालिम 

२२) रिसेप्सनिष्ट तथा क्यासियर तालिम 

२३) मार्केटिङ् तथा डिजिटल मार्केटिङ् तालिम 

२४) ग्राफिक्स डिजाइन भिडियोग्राफी तथा भिडियो इडिटिङ् 

२५) एल्मुनियम, युपीभीसी, फेब्रिकेसन तालिम 

२६) टुटिस्ट गाइड तालिम 

२७) सेक्युरिटी गार्ड तालिम

२८) स्पा तथा थेरापी तालिम 

२९) लघु उद्यम विकास सहजकर्ता तालिम 

३०) जुत्ता बनाउने तालिम 

३१) सहकारी व्यवस्थापक तालिम 

३२) गरगहना बनाउने तालिम 

३३) विभिन्न खेलकुदका लागि 

३४) अन्य तालिमका लागि 

तालिममा भाग लिन चाहनेहरुले वडा कार्यालयमा सम्पर्क गरेर वा अनलाइन फारामबाट आवेदन दिन सकिने विभागले जनाएको छ।

फाराम भर्नको लागि यहाँ क्लिक गर्न सक्नु गर्न सक्नु हुनेछ। 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  २१:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन
सम्बन्धित सामग्री
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई १२ घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्... बिहीबार, असोज २२, २०८३
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल कीर्तिपुरस्थित त्रिभुवन स्मृति आज भवनमा आयोजित त्रिवि सभाको ६७औँ वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्दै उनले विश्वविद्यालयलाई समयसापे... बिहीबार, असोज २२, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ पक्राउ पर्नेहरूमा सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने दोलखा घर भएका १९ वर्षीय सौरभ मगर, २० वर्षीय अस्मित गजमेर, रामेछाप घर भएका १९... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने बिहीबार, असोज २२, २०८३
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्