• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

इरानले किन गर्‍यो पाकिस्तानमाथि आक्रमण? 

64x64
नेपाल लाइभ बुधबार, माघ ३, २०८०  १३:२१
1140x725

काठमाडौं– मंगलबार इरानले गरेको एउटा आक्रमणका कारण पाकिस्तान र इरानबीचको सम्बन्ध पुन: गम्भीर बनेको छ। उक्त आक्रमणको घटनाले ‘जस्तोसुकै परिणाम निम्त्याउन सक्ने’ भन्दै पाकिस्तानले इरानलाई चेतावनी दिएको छ। 

आफ्नो हवाई क्षेत्रको उल्लंघन गर्दै इरानले गरेको आक्रमणका कारण २ जना बालक मारिएका पाकिस्तानले जनाएको छ। इरानले भने अतिवादी संगठन जैश अल–अद्‌लसँग जोडिएको क्षेत्रमा आक्रमण गरिएको दाबी गरेको छ। 

इरानले यो हमला त्यतिबेला गर्‍यो जब पाकिस्तानका कामचलाउ प्रधानमन्त्री अनवर उल–हक कक्कडले डाभोसमा इरानी विदेशमन्त्रीसँग भेटवार्ता गरेका थिए। डाभोसमा जारी वर्ल्ड इकोनोमिक फोरममा पाकिस्तानी प्रधानमन्त्री र इरानका विदेशमन्त्री हुसेन अमीर अब्दुल्लाहियानबीच भेटवार्ता भएको थियो। यद्यपि २ नेताको बीचमा भएको कुराकानीको विस्तृत विवरण भने सार्वजनिक भएको छैन। 

इराक र सिरियापछि पाकिस्तान तेस्रो देश बनेको छ जहाँ इरानले पछिल्ला दिनमा आक्रमण गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले बुधबार एक बयान जारी गर्दै इरानलाई चेतावनी दिएको छ, ‘विना उक्साहट हाम्रो हवाई क्षेत्रको उल्लंघन गर्ने र देशभित्र हमला गर्ने कार्यको हामी निन्दा गर्दछौँ।’

विदेश मन्त्रालयले भनेको छ, ‘यो पाकिस्तानी सम्प्रभुताको उल्लंघन हो र यसले गम्भीर परिणाम निम्त्याउन सक्छ।’

त्यस अगाडि इरानको सरकारी मिडियाले इरानी रिभोलुस्नरी गार्डले पाकिस्तानमा रहेको चरमपन्थीको क्षेत्रमा हमला गरेको खबर सार्वजनिक गरेको थियो। यद्यपि पाकिस्तानका सामाजिक सञ्जालहरुमा उक्त हमला बलुचिस्तान प्रान्तमा भएको दाबी गरिएको छ। 

पाकिस्तानको पूर्वी सीमा इरानसँग जोडिन्छ। दुवै देशबीच करिब ९०० किलोमिटर सीमा जोडिएको छ। 

इरानको पूर्वी सीमामा सिस्तान बलुचिस्तान प्रान्त छ जो पाकिस्तानको पश्चिमी बलुचिस्तान प्रान्तसँग जोडिएको छ। यहाँको सीमावर्ती क्षेत्रमा निकै पातलो मात्रै बस्ती छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पाकिस्तानले चेतावनी दिएको विषयमा इरानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। 

इरानी सेनासँग जोडिएको एउटा समाचार एजेन्सीले मंगलबार इरानले चरमपन्थी समूह जैश अल–अद्‌लसँग जोडिएको दुई वटा क्षेत्रमा हमला गरिएको बताएको थियो। इरानी सरकारी एजेन्सी आईआरएनएका अनुसार पाकिस्तानमा भएको हमलाका लागि मिसाइल तथा ड्रोनहरुको प्रयोग गरिएको थियो। 

सरकारी मिडियाहरुले चरमपन्थी संगठनको मुख्यालयलाई केन्द्रित गरेर उक्त हमला गरिएको दाबी गरेका छन्। मिडिया रिपोर्टहरुमा उक्त मिसाइल हमला पाकिस्तानको दक्षिण–पश्चिममा बलुचिस्तान प्रान्तको एउटा गाउँमा गरिएको बताइएको छ। उक्त क्षेत्रमा पाकिस्तान र इरान दशकौंदेखि जैश अल–अद्‌ल समेत अन्य चरमपन्थी गुटसँग लडिरहेका छन्। 

सीएनएनमा छापिएको समाचारअनुसार जैश अल–अद्‌लले मंगलबार अबेर राति मात्रै उक्त हमलाबारे प्रतिक्रिया दिएको छ। उक्त हमलाका लागि इरानी रिभोलुस्नरी गार्डले ६ पटक ड्रोन र कयौं मिसाइलबाट आक्रमण गरेको जैश अल–अद्‌लले बताएको छ। 

Xtrem

Xtrem

आक्रमणबाट २ वटा घर ध्वस्त भएका बताइएको छ। जसमा जैश अल–अद्‌लका लडाकुका श्रीमती तथा बालबालिकाहरु बस्ने गरेका थिए। 

टेलिग्राममार्फत् एक बयान जारी गर्दै जैश अल–अद्‌लले हमलाबाट २ जना बालबालिकाको मृत्यु भएको र ३ जना घाइते भएका बताएको छ। घाइते हुनेमा २ महिला र एउटा बालिका छन्। बालिकाको अवस्था गम्भीर रहेको बताइएको छ। 

अमेरिकाको डाइरेक्टर अफ नेशनल इन्टेलिजेन्सका अनुसार जैश अल-अद्ल नामको समूह इरानको सिस्तान-बलुचिस्तानमा ‘सबैभन्दा सक्रिय र प्रभावी’ सुन्नी चरमपन्थी संगठन हो।

यो संगठनको नाम कुनै समय जुनदल्लाह थियो। सन् २०१२ मा उक्त संगठनले आफ्नो नाम फेरेको थियो। यसलाई ‘पिपुल्स रेजिस्टेन्स अफ इरान’ पनि भनिन्छ। 

अब्दुल मलिक रेगीले सन् २००२ या २००३ मा यो संगठन खोलेका थिए र उनी कयौं वर्षसम्म यो संगठनको नेता रहे। 

यो संगठन २००३ सालमा चर्चामा आएको थियो। त्यतिबेला उसले इरानका धेरै सरकारी इलाकालाई लक्षित गरेर कयौं आक्रमण गरेको थियो। साथै इरानका पूर्व राष्ट्रपति महमूद अहमदिनेजादको हत्या प्रयास समेत गरेको थियो। 

१८ अक्टुबर २००९ मा यो समूहले इरानको पिसिन शहरमा एउटा आक्रमण गरेको थियो। इरानले भनेको थियो कि पाकिस्तानबाट सीमा पार गरेर आएका १ जना आत्मघाती आक्रमणकारीले इरानी बलोच कबिलाई नेताहरुको एउटा बैठकमा विस्फोट गरेका थिए। उक्त बैठकमा इरानी रिभोलुस्नरी गार्डका वरिष्ठ कमान्डर पनि सहभागी थिए। 

उक्त हमलामा इरानी रिभोलुस्नरी गार्डका डेपुटी कमान्डर नूर अली सुस्तारीको मृत्यु भएको थियो। मारिएका कमान्डर सुस्तारी इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीका विश्वासपात्र मानिन्थे। 

सोही हमलाले पाकिस्तान र इरानबीचको सम्बन्धको दिशा बदलेको थियो। 

यो संगठनका संस्थापक नेता अब्दुल मलिक रेगीलाई इरानले गिरफ्तार गर्‍यो र सन् २०१० मा मृत्युदण्ड दिइयो। त्यसपछि यो समूह धेरै हिस्सामा विभाजित भयो। जसमध्ये जैश अल-अद्ल अहिले सबैभन्दा प्रभावी भएर आएको बताइन्छ। –एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १३:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ)
कांग्रेस महाधिवेशनले नेपालको लोकतान्त्रिक यात्रामा योगदान पुर्‍याउनेछ : भाजपा अध्यक्ष
भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे
सम्बन्धित सामग्री
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य नयाँ व्यवस्थामा नेपाल, बंगलादेश र भुटानका नागरिकसमेत परेका छन् भने भारतीय नागरिकलाई भने यसबाट छुट दिइएको छ । शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनले नेपालको लोकतान्त्रिक यात्रामा योगदान पुर्‍याउनेछ : भाजपा अध्यक्ष आइतबार, असोज १८, २०८३
भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा रेशम चौधरीको प्रश्न: गणतन्त्रसँगै हाम्रो धर्म किन साटियो? आइतबार, असोज १८, २०८३
भुसालको आह्वान– कांग्रेसको महाधिवेशन पद बाँड्ने थलो होइन, आत्मसुधारको अवसर बनोस् आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्