काठमाडौं- राष्ट्रिय सभा सदस्यका लागि जनमत पार्टीले आफ्ना उम्मेदवार नभएको स्थानमा गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।
जनमत पार्टीले मधेस र लुम्बिनी प्रदेशमा दुई जना मात्र उम्मेदवार बनाएको छ। जनमतले मधेसमा रामशंकर महासेठ र लुम्बिनी प्रदेशमा बालगोविन्द चौधरी थारुलाई उम्मेदवार बनाएको छ।
जनमत पार्टीले आफ्ना उम्मेदवारलाई विजयी बनाइदिन सबैलाई अनुरोध समेत गरेको छ। जनमतले आफ्ना उम्मेदवार नभएका स्थानमा भने गठबन्धनलाई सघाउने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।