काठमाडौं– थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटक 'मासिन्या' मञ्चन हुने भएको छ।
नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन्। तामाङ जातिले सदिऔँदेखि भोगेको पीडा र संघर्षको कथा नाटकमा समेटिएको छ।
नाटकको कथालाई राबत, राजु स्याङ्तान र लक्ष्मी रुम्बाले लेखेका हुन्। नाटकले तामाङ समुदायको मुद्दालाई उठान गरेको निर्देशक बुद्धिले बताए।
उनका अनुसार तामाङको कारुणिक कथासँगै नाटकमा तामाङ जीवनको लय, सौर्न्दर्य, संस्कृति र परिवेशलाई चित्रण गरिएको छ। नाटकको माध्यमबाट तामाङ समुदायलाई नजिकबाट बुझ्न सघाउ मिल्ने नाटक समुहको विश्वास छ।
हाल बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको हलमा रिहर्सल जारी रहेको नाटकमा सुनिल तामाङ, रविन दोङ, रमिला मोक्तान लगायतका कलाकारहरुको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।