मलेसिया (लंकावी)- मलेसियाको लंकावीमा जारी पाटा ट्राभल मार्ट, २०१८ मा नेपालको पर्यटन प्रवर्द्धनका साथै प्रचारप्रसार गरिएको छ। ६३ देशले सहभागिता जनाएकाे प्यासिफिक एसिया ट्राभल एसोसिएसनको आयोजनामा सुरु भएको मार्टमा नेपाल पनि सहभागी छ। मेला आज सकिँदैछ।
मार्टमा नेपालबाट पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र निजी क्षेत्रको लगायतका पर्यटन प्रवर्द्धनमा सरोकार राख्ने विभिन्न संस्थाको सहभागिता छ।
![](http://nepallive.prixa.net/media/albums/IMG_20180913_122007_cRaut1oXde.jpg)
नेपालको पर्यटन प्रवर्द्धनका साथै निजी पर्यटन व्यवसायीले पर्यटकीय गन्तव्य स्थलको प्याकेज पनि बिक्री गरिरहेका छन्।
नेपाल सरकारले पर्यटन विकासका लागि सन् २०२० ‘नेपाल भ्रमण वर्ष’ अभियान सञ्चालन गर्दैछ। नेपालको पर्यटन प्रवर्द्धनमा मार्टले उल्लेख्य सहयोग पुग्ने पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले बताए।
![](http://nepallive.prixa.net/media/albums/IMG_20180913_121856_qSpniDYcwC.jpg)
दुई सयभन्दा बढी कम्पनी तथा संस्था सहभागी भएको मार्टमा ४ सय ६० बिक्रेता र २ सय ८१ वटा संस्था र ५१ स्रोत बजारबाट कुल २ सय ९३ क्रेताबीच व्यापार आदानप्रदान तथा गन्तव्य प्रवर्द्धन गर्न भेटघाट तथा छलफल कार्यक्रमसमेत भएको छ।
![](http://nepallive.prixa.net/media/albums/pata1_FMUPV3ezbs_eF63wPJv9o.jpg)
![](http://nepallive.prixa.net/media/albums/IMG_20180913_105541_GuGEAL6H0K.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।