काठमाडौं– लोक गायक विनोद अर्यालको आवाजमा गीत ‘आधा परान’ सार्वजनिक भएको छ।
गीतमा विनोद अर्याल र विश्व विनोदको लय र शब्द रहेको छ। गीतको भिडिओमा गोविन्द थापा, सोनी बि.सी, शिशिर शर्मा र रबिना कार्कीको अभिनय देख्न सकिन्छ।
नुवाकोटको गुरुङ गाउँ साथै एचबिएस नेपाल मनोरम दृश्यमा छायाँकन गरिएको भिडिओ मिलन श्रेष्ठको निर्देशन र कोरियोग्राफीमा तयार पारिएको हो।
भिडिओलाई बिशाल गोङ्बाले खिचेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।