काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाली कांग्रेसको केन्द्रीय टोली चीन गएको छ।
कांग्रेसका प्रभावशाली नेता तथा पुर्व मन्त्री डा मिनेन्द्र रिजालको नेतृत्वमा १४ सदस्यीय टोली बिहीबार चीन प्रस्थान गरेको हो।
आउँदो असोज २ गतेसम्म हुने कार्यक्रममा सहभागी भएर टोली ४ गते नेपाल फर्किने भ्रमण तालिका रहेको छ।
टोलीमा कांग्रेस नेताहरु किशोरसिंह राठौर, सरिता प्रसाईं, लक्ष्मी परियार, प्रकाश रसाइली, अमरसिंह पुन, रामबहादुर विष्ट, बेदप्रसाद तिमिल्सिना, लक्ष्मी क्षेत्री पाण्डे, गणेश मण्डल, बलदेश तिमिल्सनालगायत छन्।
नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई धेरै बोलाउने गरेको चिनियाँ कम्युनिष्ट पार्टीले यसपटक अनुभव आदानप्रदान र मित्रता बढाउन नेपाली कांग्रेसका नेताहरुलाई बोलाएको हो।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गतको विदेश विभागले निमन्त्रणा गरेर चीन गएका कांग्रेसका नेताहरुसँग उनीहरुले पार्टी निर्माण तथा सञ्चालन र समसामयीक विषयमा छलफल गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।