काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारहरुलाई अनावश्यक धरपकड गर्न नमिल्ने टिप्पणी गरेका छन्।
वरिष्ठ नेता नेपालले पत्रकारहरुलाई पक्राउ गर्ने, धरपकड गर्ने लगायतका विषयमा आफूले धेरै नबुझेको उल्लेख गर्दै उनीहरुलाई निरुसाहित हुने गरी कुनै पनि गतिविधि प्रहरीले गर्न नहुने प्रतिक्रिया दिए।
बिहीबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले कानुन बमोजिम बाहेक कसैलाई पनि पक्राउ गर्न नमिल्ने दाबी गरे। ‘मुद्दा मामिला भए कानुन बमोजिम पत्रकारहरुलाई पनि अनुसन्धान गर्न सकिन्छ।’, नेता नेपालले भने, ‘तर, निरुत्साहित हुने गरी पत्रकारहरुलाई दुःख दिने काम प्रहरीले गर्न हुँदैन।’
गत सोमबार समाचार प्रकाशित गरेकै आधारमा खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो। सोही घटनाको विरोध गर्दै पत्रकार बस्नेतलाई तत्काल रिहा गर्न सरकारमाथि चौतर्फी दबाव परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।