काठमाडौं– गीतकार रीमा श्रेष्ठको नयाँ गीतको म्यूजिक भिडियो बजारमा आएको छ। उनको शब्द सृजना रहेको ‘अधुरो सपना’ अत्यधिक सफलतापछि ‘अधुरो सपना-२’ बोलको गीतको भिडियो रिलिज गरिएको छ।
तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गीत मा गायिका अन्जु पन्तको स्वर छ।
अम्बर तुम्बापो सुब्बाको संगीत र रिदम कँडेलको एरेन्ज रहेको उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ। माया हेराई भोगाई जस्तै महशुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको ‘अधुरो सपना-२’ बोलको गीतको भिडियो देख्न सकिन्छ।
यस गीतको निर्माता कुशल गुरुङ हुन्। दिक्पाल कार्की र शिला गजुरेलको अभिनय रहेको गीतको भिडियोको निर्देशन सोनम पाख्रिनले गरेका हुन्। उक्त गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।