प्रतिकात्मक तस्बिर
नेपालगञ्ज– बाँकेको नेपालगञ्जमा अंग्रेजी नयाँ वर्ष सन् २०२४ मनाएर घर फर्किँदै गरेका २ जनाको गाडीको ठक्करबाट मृत्यु भएको छ। १ जना गम्भीर घाइते भएका छन्।
आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ३ जनालाई ठक्कर दिएको थियो। अंग्रेजी नयाँ वर्ष मनाएर घर फर्किरहेकाहरुलाई गाडीले ठक्कर दिएको थियो।
प्रहरीका अनुसार गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ। उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो। मृतकको सनाखत हुन सकेको छैन।
घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।