काठमाडौं– आठौं घरजग्गा मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको छ।
पौष १२ गतेदेखि सञ्चालन भएको ४ दिने मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले बताए।
उनले ४० हजार भन्दा बढी अवलोकन कर्ताहरुले मेला अवलोकन गरेको बताए। उनले मेला सोचेकोभन्दा पनि राम्रो भएको बताए।
उनले मेलामा क्रेताहरु र विक्रेताहरु एकै ठाउँमा भेला भइ सबैकुरा जानकारी लिएर आफूले लगानी गर्न पाउनु राम्रो भएको बताए। अर्को पटकको एक्स्पोमा झनै विशेष सुविधा र छुटसहित गर्ने प्रतिबद्धता जनाए।
लिखित र मौखिक रुपमा सरकारले केही गरोस् भनेर सुझाव दिएपनि काम नबनेपछि व्यवसायीहरु सबै मिलेर मेला गर्दा सफल भएको बताए। उनले २०७६ सालमा भएको मेलामा भन्दा १.५ प्रतिशत बढी व्यापार गरेको बताए। आठौं घरजग्गा मेला पौष १२ गतेदेखि सञ्चालन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।