काडमाडौं– काठमाडौंको एक हार्डवयर पसलमा काम गर्ने उदयपुरकी सुनिता आचार्य विगत चार वर्षदेखि बेपत्ता छिन्।
उदयपुरको बेलका नगरपालिका–४ गुरुङचौरी घर भएकी ३८ वर्षीया सुनिता हराएको चार वर्ष बितिसक्दासमेत अहिलेसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन। काठमाडौंमा एक हार्डवयेर पसलमा काम गर्छु भनेर बताएकी छोरी विगत चार वर्षदेखि सम्पर्कमा नआएको उनकी आमा निरकुमारी आचार्य बताउँछिन्।
डिल्लीप्रसाद र निरकुमारीकी माइली छोरी सुनिता अविवाहित थिइन्। काठमाडौं हार्डवेयरमा काम गर्थिन्। सोही क्रममा उनी २०७६ सालदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ।
सुनितालाई कोही कसैले देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न वा आफन्तको सम्पर्क नम्बर ९८६२८२४३०५ तथा ९८१४८१४९६७ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।