काठमाडौं– ५ महिनादेखि बेपत्ता भएका खोटाङका अशोक ढकाल अझै सम्पर्कमा आएका छैनन्। गत साउन २० गते काठमाडौंबाट वेपत्ता भएका ४२ वर्षीय ढकालको अवस्था अझै पत्ता नलागेको उनको परिवारले जनाएको छ।
कृष्णप्रसाद ढकाल र पार्वती ढकालका जेठा छोरा अशोकको स्थायी ठेगाना खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१५ बसेरी हो। खोटाङ स्थायी घर भए पनि अशोक पछिल्लो समय सुनसरीको तरहरा बस्दै आएका थिए।
गत साउन २० गते भने उनी काठमाडौंबाट सम्पर्कविहीन भएका थिए। तर अहिलेसम्म पनि सम्पर्कमा नआएको परिवारले जनाएको छ। अशोक हराएको बारेमा प्रहरीमा समेत उजुरी दिएको परिवारले जनाएको छ। तर प्रहरीले पनि पत्ता लगाउन नसकेको बाबु कृष्णप्रसाद बताउँछन्।
अहिलेसम्म पनि छोरोको अवस्था पत्ता नलागेकाले यथाशीघ्र खोजिगरिदिन उनले आग्रह गरेका छन्। अशोकलाई कोही कसैले देखमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न वा उनका आफन्तको सम्पर्क नम्बर ९८६३८७९७९६ मा तथा ९८१५७५१६०१ मा सम्पर्क गरिदिन बाबु कृष्णप्रसादले आग्रह गरेका छन्।
अशोक ढकाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।