काठमाडौं– सांगठनिक संरचना एकीकरण मापदण्डका विषयमा छलफल नसकिएपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक भोलि बस्ने गरी सकिएको छ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा ३ घन्टाभन्दा बढी चलेको बैठकमा एकीकरणका लागि के–कस्ता मापदण्ड रहने भन्ने सम्बन्धमा थप छलफल गर्नुपर्ने भएपछि बैठक भोलिका लागि सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा एकीकरणको विधि र मान्यताका सम्बन्धमा महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शपछि पेश गरेको प्रस्तावमाथि छलफल भएको थियो।
यसअघि प्रत्येक प्रदेश तथा भातृ संस्थाहरुको एकीकरणका लागि आवश्यक सम्पूर्ण विवरणसहित प्रतिवेदन बुझाउन कार्यदल बनाइएको थियो। तर, प्रदेश २ को एकीकरण कार्यदल तथा भातृ संस्था एकीकरण कार्यदलले भने प्रतिवेदन बुझाउन सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।