• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नेपाल स्काउट विवाद

सर्वोच्चको अन्तरिम देखाएर अवैधानिक अध्यक्ष बनिरहे भण्डारी, सरकारको निवेदनमा पनि आएन पालो

64x64
नेपाल लाइभ बिहीबार, पुस ५, २०८०  १८:०५
1140x725

काठमाडौं- मंसिर ३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र विनोद शर्माको इजलासमा रहेको एक मुद्दाका विषयमा महान्यायाधिवक्ता कार्यालयमा निकै चर्चा भइरहेको थियो।

सरकारी वकिलहरु बहसको पालो आउँछ भनेर कुर्दाकुर्दै हैरान भएको र किन पालो आउँदैन भनी आफैंलाई प्रश्न गरिरहेका थिए। सरकारी वकिलहरु यो मुद्दा दर्ता भएको २ वर्षमा जम्मा दुई पटक मात्र सुनुवाइ भएको रेकर्ड देखेर पनि अचम्ममा परेका थिए। 

उक्त दिन पनि यो मुद्दा संयुक्त इजलासको  ड नम्बरमा पेसी थियो। सदाझैं हेर्न नभ्याउने हुँदै सर्‍यो। अर्को पेसी मंसिर १७ गतेका लागि तोकिएको छ। यो मुद्दा ३० पटक हेर्न नभ्याइने, नमिल्ने हुँदै स्थगित भएको छ भने दुई पटक आदेश भएको छ। एक पटक एकल इजलासले २०७८ मंसिर २१ गते अन्तरिम आदेश जारी गरेको छ भने त्यसपछि २०७९ असार ३ गते पूर्ण सुनुवाइ हुने आदेश भएको छ।  

महान्यायाधिवक्ता दिनमणि पोखरेललाई सरकारी वकिलहरु यही वृत्तान्त ब्रिफिङ गरिरहेका थिए। पोखरेलले चासोका साथ उक्त मुद्दाको इतिहास सुने अनि सरकारी वकिलको कार्यालयले २ वर्षदेखि अवैधानिक रुपमा अध्यक्षको जिम्मेवारी सम्हालेको भनी दर्ता गरेको भ्याकेटको निवेदनमा पनि चासो राखे।

सरकारी वकिलले २०८० भदौ ५ गते अन्तरिम आदेशले अवैधानिक कामलाई निरन्तरता दिएकाले खारेज भई नयाँ बाटो खोल्न माग गर्दै भ्याकेटको निवेदन दर्ता गराएका थिए। युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थको निवेदनमा सरकारी पक्षले भ्याकेट दर्ता गराएको थियो। उक्त भ्याकेट दर्ता गराएपछि मुद्दा २० पटक पेसी तोकिएको छ भने १७ पटक संयुक्त इजलासमा बहसको पेसी पर्दा १६ पटक हेर्न नभ्याइने भयो भने एक पटक कानुन व्यवसायीले निवेदन दिएर स्थगित गराए।  

यसरी चासोका साथ चर्चा भएको मुद्दा हो, नेपाल स्काउटको विवाद। सामाजिक सेवा र अनुशासन सिकाउने स्काउट अवैधानिक रुपमा २ वर्षदेखि चल्दै आएको छ भनी सरकारी दाबी सहित परेको उक्त रिटमा हरेक पटक पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएको छ।  

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लोकबहादुर भण्डारीलाई ४ वर्षका लागि अध्यक्ष नियुक्त गरेका थिए। उनको कार्यकाल सकिएपछि नयाँ निर्वाचनका लागि जिम्मेवारी पनि दिइएको थियो। तर यो अवधिमा न नयाँ निर्वाचन भयो न त भण्डारीले नै आफ्नो कानुनले तोकेको समय समाप्त भयो भनी पद नै त्याग गरे। उनी सर्वोच्च अदालतले २०७८ मंसिर २१ गते दिएको अन्तरिम आदेश देखाएर खाइरहेका छन् भने अदालतमा मुद्दा पालो नआउँदा खेलकुद मन्त्रालयले यसलाई कानुनी बाटोमा हिँडाउन असफल भएको छ। 

नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले कानुनले दिएको समयभन्दा बढी सर्वोच्चको अन्तरिम आदेश देखाएर खाएको र अदालतमा मुद्दा कहिल्यै पालो नआएपछि सरकारी वकिलहरु महान्यायाधिवक्तासँग छलफलमा जुटेका हुन्। तर महान्यायाधिवक्ता कार्यालयले भने यस्तो ब्रिफिङ नियमित भएको बताए। हरेक पेसीको दिन मुद्दाहरुको ब्रिफिङ गर्ने क्रममा यो मुद्दा पनि भएको उनीहरुको दाबी छ।  

nimb
nimb

‘सर्वोच्चको अन्तरिम आदेशले गैरकानुनी बाटोमा हिँडाएको छ,’ मन्त्रालयका एक अधिकृतले भने, ‘म्याद सकिँदासम्म मुद्दा फैसला हुँदैन। मन्त्रालय नै मुद्दामा जाँदा समेत कहिल्यै पालो आउँदैन। औचित्य समाप्त भएपछि फैसला भएर के हुन्छ। न्याय त समयमै हुनुपर्छ नि?’ अदालतले समयमा निर्णय नदिँदा अवैधानिक गतिविधिका साथै यस्ता संस्थाहरुलाई दैनिक गतिविधि गराउन पनि समस्या हुने ती अधिकृतको भनाइ छ।  

के हो विवाद
नेपाल स्काउटको विसं २०६८ असारदेखि निर्वाचित राष्ट्रिय परिषद् तथा राष्ट्रिय कार्यकारी समितिबाट कार्य हुँदै आइरहेको छ। प्रत्येक ४/४ वर्षमा हुनुपर्ने उक्त परिषद् तथा कार्यकारी समितिको निर्वाचन हुन सकेको छैन।

पछिल्लो पटक विसं २०७५ पुस १६ गते १ (एक) वर्ष भित्र निर्वाचन गरी परिषद् तथा कार्यकारी समितिलाई पूर्णता दिने जिम्मेवारीका साथ २०७५ पुस १६ गतेको  तत्कालीन प्रधानमन्त्री तथा नेपाल स्काउटको संरक्षकको निर्देशानुसार लोकबहादुर भण्डारीलाई नेपाल स्काउटको राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्तको समेत अधिकार प्रयोग गर्न दिइएको थियो। 

उनीसँगै नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिको संयोजकको पदमा तथा शिवबहादुर भण्डारी, विजेन्द्र ध्वजु, इन्द्रभुषण यादव (अधिकारी) र सीमा कर्णलाई सदस्यको रुपमा तोकिएको थियो।

खेलकुद मन्त्रीस्तरको २०७५ पुस १६ को निर्णयबाट एक तदर्थ समिति गठन गरिएको थियो। तदर्थ समितिले नियुक्ति गर्दाकै बखत तोकिएको समय सीमाभन्दा बढी २०७८ असोज ७ गते करिब २ वर्ष ७ महिनासम्ममा पनि तोकिए बमोजिमको जिम्मेवारी पूरा गर्न नसकेको  भनी विवाद सुरु भयो। 

उक्त तदर्थ समितिलाई नेपाल सरकार मन्त्री स्तरको २०७८ असोज ७ गतेको निर्णयबाट भंग गरी नेपाल स्काउटको दैनिक प्रशासनिक कार्य सञ्चालनका साथै नयाँ निर्वाचन सम्पन्न गरी परिषद् र कार्यकारी समिति गठन गर्ने निर्णय भयो। 

मन्त्री स्तरको निर्णयबाट मंसिर १९ गतेको निर्णयानुसार रविन दाहाल संयोजक तथा राजीव खत्री सह-संयोजक रहने गरी कुल १५ (पन्ध्र) सदस्य रहेको तदर्थ समिति गठन भयो। उक्त खारेज भएको तदर्थ समितिका संयोजक भण्डारीले सर्वोच्चमा रिट दायर गरे। 

उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले २०७८ मंसिर २१ गते अन्तरिम आदेश जारी गर्‍यो। 
दुवै पक्षलाई छलफलमा झिकाउने आदेश भएको २ वर्ष भयो तर अदालतबाट फैसला नआएपछि सरकारी पक्ष (खेलकुद मन्त्रालय) पुन: भ्याकेटको निवेदन लिएर सर्वोच्च पुगेको हो। 

‘उक्त आदेशपश्चात् हालसम्म उक्त रिट निवेदन पटकपटक पेसी सूचीमा चढे तापनि रिट निवेदन उपर कुनै प्रकारको कारबाही भएको अवस्था देखिन नआएको हुँदा नेपाल सरकार, माननीय मन्त्री स्तरको निर्णय कार्यान्वयन नभई भण्डारी नै नेपाल स्काउटको तदर्थ समितिको संयोजक पदमा हालसम्म पनि अविछिन्न रुपमा निरन्तर पदमा रही कामकाज गरिरहेको अवस्था छ,’ सचिव पन्थीको निवेदनमा भनिएको छ, ‘यसरी नेपाल स्काउट ऐन, २०५० को दफा १६ को उपदफा (१) बमोजिम प्रमुख आयुक्तको पदावधि ४ (चार) वर्षको हुनेछ भन्ने व्यवस्था रहेको तर रिट निवेदकले प्रमुख आयुक्त तथा तदर्थ समितिको संयोजकको पदमा सुरु नियुक्ति मिति २०७५/०९/१६ गते देखि हालसम्म करिब ४ वर्ष ७ महिना अर्थात् कानुनले तोकेको अवधिभन्दा बढी अवधिसम्म उक्त पदमा कामकाज गरिरहेको देखिन्छ।’ 

२०७५ पुस १६ को नियुक्तिपछि पुनः कुनै नियुक्ति नभएको अन्तरिम आदेशकै भरमा काम गरेकाले हटाउनुपर्ने उक्त भ्याकेटको निवेदनमा उल्लेख छ। 

‘भण्डारीको पदको कानुनी आधार समाप्त भएको हुँदा मिति २०७८/६/२१ को अन्तरिम आदेश खारेज गरिपाउँ साथै निज निवेदकले सम्मानित अदालतमा दायर गरेको रिट निवेदनको माग दाबीको औचित्य समेत कानुनतः समाप्त भएको छ,’ सचिव पन्थीको भ्याकेटमा भनिएको छ, ‘उक्त रिट निवेदन तथा यसै मुद्दाको लगाउमा रहेको रिट समेत  खारेज गरी उपयुक्त कानुनी उपचार पाउँ।’

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालमा बाढीको विपद् प्रतिकार्यका लागि आइएफआरसीले दिने भयो १२ लाख डलर
रसुवा बाढीमा अमेरिकाको साथ, ५ लाख डलर सहयोग घोषणा
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
सम्बन्धित सामग्री
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ । बिहीबार, भदौ ११, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
नेपालमा बाढीको विपद् प्रतिकार्यका लागि आइएफआरसीले दिने भयो १२ लाख डलर बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा अमेरिकाको साथ, ५ लाख डलर सहयोग घोषणा बिहीबार, भदौ ११, २०८३
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
चीनमा पनि बाढी र पहिरोको वितण्डा : नेपाल जोड्ने जिरोङ नाका अवरुद्ध, २२ हजारभन्दा बढी विस्थापित बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्