काठमाडौं– गायिका अर्जुना राईको आधुनिक गीत 'रिसाउलान् सुन्दा कुरा' सार्वजनिक भएको छ। आफैंलाई संसारको सबैभन्दा खुसी भएको आशय रहेको यस गीत म्युजिक जंक्सन नेपालबाट युट्युबमा सार्वजनिक भएको हो।
गीतमा वीरेन्द्र राईको शब्द र विक्रम राईको संगीत रहेको छ। बिसम आचार्यले एरेन्ज गरेको यस गीत हाम्रो स्टुडियोमा रेकर्डिङ गरिएको हो।
गीतको भिडिओ श्याम तामाङले खिचेका हुन् भने गायिका अर्जुना स्वयम् फिचरिङ भएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।