• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर ११, २०८२ Thu, Nov 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काठमाडौंमा सुर्तीजन्य पदार्थमाथि प्रतिबन्ध, बेचेको वा भण्डारण गरेको पाइए पसल नै बन्द हुन सक्ने

64x64
डिबी खड्का बिहीबार, मंसिर २८, २०८०  ०७:५०
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (२८ मंसिर, २०८०, बिहीबार) देखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ। अबदेखि काठमाडौं महानगरपालिका क्षेत्रभित्र कच्चा सुर्ती, खैनी, गुट्खा लगायत सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोग गर्न पााइने छैन।  

काठमाडौं महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गर्दै सुर्तीजन्य पदार्थमा लगाइएको प्रतिबन्धनबारे जानकारी दिएको थियो। पत्रकार सम्मेलनमा बोल्दै महानगरका प्रवक्ता नविन मानन्धरले जस्तोसुकै तरिकाले प्याक गरिएको भए पनि कच्चा सुर्ती, खैनी, गुट्खा प्रकृतिका चुसेर रस लिने सबै प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र भण्डारणमा प्रतिबन्ध लगाइएको बताए। 

मानन्धरको भनाइ थियो, ‘प्लास्टिकमा प्याकिङ गरिएका मात्र निषेध गर्ने हो भन्ने धेरैले प्रश्न गर्नुभयो। तर त्यसो होइन। सुर्तीजन्य वस्तु प्लास्टिकले बेरेको भए पनि वा कागजले बेरेको भए पनि हानीकारक हो। प्लास्टिकले वातावरणमा थप नकारात्मक असर गरिरहेकोले प्लास्टिक प्याकिङको कुरा जोडिएको हो। कच्चा सुर्ती, खैनी, गुट्खा प्रकृतिका चुसेर रस लिने सबै प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग, विक्री र भण्डारणमा प्रतिबन्ध लगाइएको हो।’

महानगरपालिकाले मंसिर १२ गते नै १५ दिने अवधि दिएर सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाइने सम्बन्धमा सार्वजनिक सूचना जारी गरेको थियो। अब भने महानगरपालिकाले प्रतिबन्धको कार्यान्वयनको अवस्थाबारे अनुगमन सुरु गर्ने छ। 

महनगरपालिकाले बिहीबारदेखि नै अनुगमन गर्ने प्रवक्ता मानन्धर बताउँछन्। त्यसका लागि १० जनाको समूहमा नगर प्रहरीका ५ वटा टोली, सादा पोशाकमा नगर प्रहरी र कर्मचारी खटिनेछन्। 

पसलहरुमा सुर्तीजन्य पादर्थ भण्डारण वा बिक्री गरेको पाइए पहिलो र दोस्रोपटक जफत गरिनेछ। तेस्रो पटक पनि भण्डारण वा बिक्री गरेको पाइए पसल नै बन्द गराइने प्रवक्ता मानन्धरले जानकारी दिए।  

प्रवक्ता मानन्धरले भने, ‘अनुगमन गर्दा पसलमा सुर्तीजन्य वस्तु पाइए सचेत गराउँदै २ पटकसम्म जफत गर्ने र तेस्रो पटक पनि भेटिए पसल बन्द गराउनेसम्मको कारबाही हुनेछ।’ 

महानगरपालिकाले धुम्रपान (चुरोट) पनि खुला रुपमा बिक्री गर्न नपाइने बताएको छ। सार्वजनिक स्थलमा धुम्रपान गरेको पाइए नगर प्रहरीले १०० रुपैयाँसम्म जरिवाना गर्नेछ। यस्तै, उमेर नपुगेकाहरुलाई चुरोट बेच्न नपाइने महानगरपालिकाले जनाएको छ। 

Ncell 2
Ncell 2

सार्वजनिक स्थानमा धुम्रपान गरेको पाइए सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी ऐन २०६८ को व्यवस्थाअनुसार कारबाही हुने महानगरले जनाएको छ। उक्त ऐनमा सार्वजनिक स्थलमा धूम्रपान गरे त्यस स्थानबाट निकाल्ने, १ सय रुपैयाँसम्म जरिवाना गर्ने, सार्वजनिक स्थलको १ सय मिटर वरपर बिक्री वितरण गरे सामान जफत गर्ने र पसल बन्द गर्ने सम्मको कारबाही गर्न सकिने व्यवस्था छ।  

सुर्तीजन्य वस्तुको भण्डारण, बेचबिखन, प्रयोग सम्बन्धी जानकारी पाउने नागरिकले महानगर प्रहरी बलको हटलाइन १८१०५००००६० वा टेलिफोन नम्बरहरु ०१ ५९०१७६३ र ०१ ५९०१७६४ मा खबर गरेर प्रहरी बल परिचालन हुने व्यवस्था गरिएको छ। 

काठमाडौं महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा यस सम्बन्धी व्यवस्था छ। ऐनको दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ। सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो।    

ऐनले सार्वजनिक स्थलहरुको चारकिल्ला तोकेर त्यस वरपर सुर्तीजन्य र ज्ङ्क फुड बिक्री वितरण गर्न निषेध गर्न सक्ने व्यवस्था गरेको छ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन २०६८ मा पनि यससम्बन्धी व्यवस्था छ। ऐनको दफा ४ मा सार्वजनिक स्थललाई परिभाषित गर्दै, शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लबहरु, सार्वजनिक शौचालयहरु, होटल, रेष्टुरेण्टहरु, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयहरुलगायत ठाउँ सार्वजनिक भएको उल्लेख गरिएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  ०७:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच तीन अधिकृतलाई आज दर्ज्यानी चिह्न प्रदान गरेका छन्... बुधबार, मंसिर १०, २०८२
सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ पूर्वमाओवादी केन्द्रका नेतासमेत रहेका ढुंगेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो। अदालत जलाए... बुधबार, मंसिर १०, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो तत्कालीन श्रम मन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय गरेका थिए। त्यसअघि स्वास्थ्य व्यवसायीले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट... बुधबार, मंसिर १०, २०८२
ताजा समाचारसबै
फेरि सर्‍यो काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार, मंसिर १०, २०८२
एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान बुधबार, मंसिर १०, २०८२
विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न बुधबार, मंसिर १०, २०८२
थाइल्यान्ड र मलेसियामा भीषण बाढी: ३० भन्दा बढीको मृत्यु, हजारौँ विस्थापित बुधबार, मंसिर १०, २०८२
रास्वपा र विवेकशील साझाबीच एकता हुँदै, आइतबार घोषणा हुने बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
सर्वोच्च जलाएको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ बुधबार, मंसिर १०, २०८२
एनपीएल-२ : विराटनगरको पहिलो हार, रञ्जितले लिए पाँच विकेट बुधबार, मंसिर १०, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो बुधबार, मंसिर १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्