काठमाडौं- स्थायी समितिका एजेन्डा तय गर्न बिहान बोलाइएको नेकपाको सचिवालय बैठक सरेको छ। प्रधानमन्त्री निवास बालुवटारमा बस्नेगरी बिहान ११ बजे तय गरिएको बैठक दिउँसो ३ बजेलाई सारिउको हो।
अझैसम्म नेकपाको प्रदेश, जिल्ला र भ्रातृ संगठन एकीकरणको प्रक्रिया टुंगिएको छैन। गण्डकी प्रदेशमा जिल्ला कमिटीका सहमति हुन नसकेपछि पूर्व एमाले र पूर्व माओवादी केन्द्रले नेतृत्वमा आ–आफ्नै दाबीसहित नामावली पठाएका थिए।
भ्रातृ संगठनहररूको कमिटीका सङ्ख्याको टुंगो लागे गठित कार्यदलले नेतृत्व टुंगो लगाउन सकेको छैन।
प्रदेश ५ मा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले एकलौटी गरेको भन्दै नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आपत्ति जनाउँदै आएको छ।
आन्तरिक तयारी र शीर्ष नेताहरुको विदेश भ्रमण यसअघि दुई पटक सरेर अनिश्चित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।