स्थायी समितिका एजेण्डा तय गर्न नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवटारमा बस्ने भएको छ। बैठक ११ बजे बोलाइएको छ।
अझैसम्म नेकपाको प्रदेश, जिल्ला र भातृ संगठन एकीकरणको प्रक्रिया टुंगिएको छैन।
गण्डकी प्रदेशमा जिल्ला कमिटीका सहमति हुन नसकेपछि पूर्व एमाले र पूर्व माओवादी केन्द्रले नेतृत्वमा आ–आफ्नै दाबी सहित नामावली पठाएका थिए।
भातृ संगठनहररूको कमिटीका सङ्ख्याको टुंगो लागे गठित कार्यदलले नेतृत्व टुंगो लगाउन सकेको छैन।
प्रदेश पाँचमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले एकलौटी गरेको भन्दै नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल समुहले आपत्ति जनाउँदै आएको छ।
आन्तरिक तयारी र शीर्ष नेताहरुको विदेश भ्रमण यस अघि दुई पटक सरेर अनिश्चित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।