काठमाडौं- सार्वजनिक लेखा समितिले एनसेलको ८० प्रतिशत सेयर खरिद-ब्रिकी सम्बन्धमा प्रश्न उठाएको छ। लेखा समिति सभापति ऋषिकेश पोखरेलले सरकारी निकायहरूलाई सेयर खरिद-बिक्रीका सम्बन्धमा ९ वटा प्रश्नसहित पत्र पठाएका छन्।
एनसेलको सेयर स्वामित्व हस्तान्तरणको सवाल समितिको चासोको विषय बनेकोले विभिन्न सरकारी निकायहरूलाई पत्र पठाएको समितिले जनाएको छ।
समितिले आन्तरिक राजस्व विभागका महानिर्देशक, कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई यथाशीघ्र जवाफ फर्काउन भनेको छ।
मलेसियन कम्पनी आजियाटाले शुक्रबार एनसेलमा रहेको आफ्नो सबै, ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा बिक्री गरेको बताएको थियो।
सात वर्षअघि एक खर्ब ४३ अर्ब रूपैयाँ खरिद गरिएको सेयर यति थोरै रकममा बिक्री गरिएको, नेपाल बाहिर कारोबार गरिएको, नियामकीय निकायलाई जानकारी नगराएको जस्ता विषयमा समितिले मुख्य प्रश्न उठाएको छ।
लेखा समितिले उठाएका प्रश्न
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।