काठमाडौं- नेपाल एयरलाइन्सले आन्तरिक उडानमा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिने भएको छ। आइतबार नेपाल वायु सेवा निगममा प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा प्रत्येक उडानमा दुई जनालाई त्यस्तो छुट दिइने उल्लेख छ।
आज डिसेम्बर ३ (आइतबार) अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। सोही दिवसको अवसर पारेर छुटको व्यवस्था गरिएको हो।
रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचयपत्र लिएका यात्रुहरूका लागि निगमको हरेक आन्तरिक उडानमा सुरुमा आउनेलाई पहिलो सेवा दिइने आधारमा त्यस किसिमको छुट दिइने विज्ञप्तिमा उल्लेख छ।
‘उक्त सुविधाका लागि सम्बन्धित यात्रुले सक्कल परिचय पत्रसहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।