काठमाडौं- शिवम् सिमेन्ट्स लिले हेटौंडा–१७, हटिया मकवानपुरस्थित लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस तथा भरतपुर–१५, मंगलपुर चितवनस्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्कुल ब्याग वितरण गरेको छ।
शिवम् सिमेन्ट्स लिले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्कुल बस तथा स्कुल ब्यागहरु वितरण गरेको हो। उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विगतका वर्षहरुमा पनि विभिन्न शैक्षिक सामाग्रीहरुको वितरण, छात्रबृत्ति कोषको स्थापना तथा न्यानो कपडाहरु वितरण जस्ता कार्यहरु गर्दै आइरहेको छ।
शिवम् सिमेन्ट्स लिले विगतका दिनहरुमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग क्षेत्रका विभिन्न विद्यालयहरुमा छात्रवृत्तिको स्थापना, न्यानो कपडा वितरण, स्कुलबस, स्वास्थ्य सिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरणको लागि आर्थिक सहयोग, डायलाइसिस मेसिन, अक्सिजन प्लान्टको निर्माण, एम्बुलेन्स हस्तान्तरण, सडक निर्माण, डिप ट्युब बोरिङ, बृक्षरोपण जस्ता कार्यहरु गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।