काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले विभिन्न समयमा सदस्यहरुले उठाएको विषयवस्तुप्रति गम्भीर भएर जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको मंगलबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले शुन्य समय, विशेष समयमा उठाइएका विषयवस्तुप्रति गम्भीर बनी समयमै सम्बोधन गर्न सम्बन्धीत मन्त्रीहरुलाई ‘रुलिङ’ गरेका हुन्।
बैठकमा बोल्ने सदस्यहरुले कन्चनपुरकी निर्मला पन्तको हत्या लगायत समसामयिक विषयमा बारम्बार सरकार र सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराएपनि त्यसबारे बैठकलाई जानकारी नगराइएको भन्दै सभामुखलाई सरकारलाई ‘रुलिङ’ गर्न आग्रह गरेका थिए।
त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठकमा उठेका सवालप्रति जिम्मेवार बन्दै समयमै सम्बोधन गर्न सम्बन्धीत मन्त्रीहरुलाई ‘रुलिङ’ गरेका हुन्।
संघीय संसद बैठकमा उठेका विषयमा सरकार संवेदनशील नभएको भन्दै सांसदहरुले दैनिकजसो सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।