काठमाडौं- चितवनमा बोरा भित्र प्याक गरेर फ्याँकिएको अवस्थामा भेटिएको एक महिला र पुरुषको शव पहिचान हुन सकेको छैन। मंसिर ६ गते भेटिएको शव अहिलेसम्म पहिचान हुन नसकेको चितवन प्रहरीले बताएको छ।
शव पहिचान हुन नसकेपछि शवसँगै भेटिएका कपडा तथा विभिन्न हुलियाहरु सार्वजनिक गर्दै हुलियासँग मेल खाने व्यक्ति हराएको भए खबर गर्न प्रहरीले अनुरोध गरेको छ। मृत भेटिएको पुरुषको शरीरमा निलो रंगको कट्टु, कलेजी रंगको पेन्टी, सेता रंगको सेन्डो रहेको बताइएको छ। महिलाको शरीरमा प्याजी रंगको लेगिन्ज, रातो पहँलो मिसिएको सल, माला। कानमा झुम्का, बाँया हातमा ए, एम, वाई र एसजस्तो आकारको ट्याटु रहेको भन्दै प्रहरीले हुलिया सार्वजनिक गरेको छ।
चितवनको भरतपुर महानगरपालिका–९ मिलनचोकको कल्भर्टमा बोरा भित्र महिला र पुरुषको शव भेटिएको थियो। अन्दाजी २८÷३० वर्षका महिला र पुरुषको शव भेटिएको थियो।
प्रहरीका अनुसार भेटिएको दुवै शवको हातखुट्टा बाँधिएको थियो भने मुखमा समेत टेप लगाइएको थियो। खोलामा माछा मार्न गएका व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।