जाजरकोट– जाजरकोटको कुशे गाउँपालिकामा लागेको स्थानीय मेलामा युवाहरुबिच कुटाकुट हुँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कुशे गाउँपालिका–२ का जनक शाही रहेको प्रहरीले जनाएको छ।
कुशे गाउँपालिका–२ को धौलाइमा लागेको स्थानीय मेलामा विवाद हुँदा युवाहरुको समूहबीच कुटाकुट भएको थियो। ३ जनाको समूहमा रहेका युवाहरुले शाहीलाई कुटपिट गरेका थिए।
कुटपिटबाट शाहीको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।