काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासले नियन्त्रणमा लिएका १३ जना इजरायली बन्धकहरू रेडक्रसलाई बुझाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
ती सबै रफाह सीमा नाका हुँदै दक्षिण इजरायलको एक सैन्य हवाई अड्डा पुग्नेछन्।
बेग्लै सहमतिअनुसार हमासले बन्धक बनाएका १२ जना थाइल्याण्डका नागरिक पनि रिहा भएका छन्। थाई प्रधानमन्त्रीको पहलमा उनीहरु रिहा भएका हुन्।
कतारले मध्यस्तता गरेको ४ दिने अस्थायी युद्धबिराम र बन्दी साटफेर गर्ने सम्झौताअनुसार शुक्रबार नै इजरायलले महिला र बालबालिका सहितका ३९ प्यालेस्टिनी बन्दीहरू रिहा गर्दैछ।
-1700843453.jpg?timestamp=1700843513594)
इजरायल-हमास सहमतिअन्तर्गत ४ दिनको सङ्घर्ष बिरामको अवधिमा हमासले गाजाबाट कुल ५० जना बन्धकहरूलाई मुक्त गर्ने छ। इजरायलले १५० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने छ।
अस्थायी युद्धबिराम सहमतिअन्तर्गत सहायता बोकेका कम्तीमा ६० ट्रकहरू इजिप्टतर्फको रफाह नाका हुँदै गाजा प्रवेश गरेका छन्। इजरायलका अनुसार तीमध्ये ८ वटाले इन्धन बोकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।