हमास- इजरायलसँगको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनमा बेरोजगारी दर ह्वात्तै बढेर ७० प्रतिशत पुगेको छ। प्यालेस्टिनी श्रममन्त्री नसरी अबु जैशले एक प्रेस विज्ञप्ति जारी गरी यो युद्धले प्यालेस्टिनले दशौं हजार भवन र आवासीय एकाइहरूमा लगातार हिंस्रक बम विष्फोटको परिणाम स्वरूप हजारौं कार्यबल र रोजगारदाताहरू गुमाएको बताएका छन्।
‘हाल ३६ लाखभन्दा बढी प्यालेस्टिनी कामदारहरू बेरोजगार भएका छन्, जसमध्ये ठूलो हिस्सा घरबारविहीन छन्,’ जैशद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबाहेक, इजरायलले गाजाबाट चार हजार कामदारलाई गिरफ्तार गर्यो, हजारौँ कामदारहरूलाई बर्खास्त गर्यो, र धेरैलाई थुनामा र अनुसन्धानको अधिनमा परेपछि अन्य धेरैलाई वेस्ट बैंकमा निष्कासित गरेको थियो।’
अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको एक्कासी आक्रमणको बदला स्वरूप इजरायलले तत्काल गाजामा व्यापक हवाई तथा स्थल आक्रमण सुरु गरेको थियो। इजरायलले प्यालेस्टिनी तटीय क्षेत्रमा कडा नाकाबन्दी लगाएको छ भने गाजामा बिजुली, पानी र खाद्यान्नको आपूर्ति बन्द गरेको छ।
- सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।