काठमाडौं- सर्वोच्च अदालतले माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।
अधिवक्ता स्वागत नेपालले जिल्ला प्रशासन कार्यालय काठमाडौंको माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्चका न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले शु्क्रबार सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो। सर्वोच्चले दुवै पक्षलाई छलफल को लागि बोलाउने आदेश समेत दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।