काठमाडौं– संघीय समाजवादी फोरमका तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने प्रमिलाकुमारीले आफू मधेसी भएकैले राष्ट्रियसभाबाट पीडित भएको बताएकी छिन्।
मंगलबारको बैठकमा आफ्नो धारणा राख्दै यादवले भनिन्– म पनि यही राष्ट्रियसभाबाट पीडित छु। जुन कुरा नियमले मिल्दैन, त्यही कुरा क्याबिनेटबाट निर्णय गराएर यसै राष्ट्रियसभाका माननीय सदस्यहरु र नेताहरुले सुविधा पाएका छन्, म मधेसी चेली भएकाले मलाई हेपिएको छ। म संघीय समाजवादी फोरम नेपालको राष्ट्रियसभाको नेता हुँ तर कुनै सुविधा पाएको छैन। के म मधेसी महिला भएको कारणले हो? म यसको जवाफ लिन चाहन्छु।'
साथै उनले प्रधानमन्त्रीले सदनमार्फत 'ह्युमन डेभलेपमेन्ट इन्डेक्स'मा पछि परेका समुदाय मधेसी, जनजाति, आदिवासी, दलित, महिला, मुस्लिम, थारुका हकहितमा संविधानमा निश्चित रुपले संशोधन गर्छु भन्ने प्रतिबद्धता जाहेर गरेको तर अहिलेसम्म कुनै किसिमको चासो नदेखाएकोमा असन्तुष्टि जनाइन्। 'के मधेसी जनता नेपाली होइनन्? किन उहाँ मधेसी जनतालाई हेप्नुहुन्छु', उनले प्रश्न गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।