काठमाडाै- संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । मन्त्रिपरिषद्ले सिफारिस गरेका राजदूत शनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको हो ।
यस्तै, समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलको सुनुवाइ आइतबार दिउँसो १ बजे गर्ने निर्णय गरेको छ ।
आजकै बैठकले सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीश विरुद्ध पनि १० दिनभित्र उजुरी दिन आह्वानसमेत गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।