काठमाडौं– गणतन्त्र विरोधी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले घोषणा गरेको आन्दोलनका लागि भन्दै तीनकुने पुगेकाहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ ।
प्रशासनको अनुमति बिना प्रदर्शनका लागि उपस्थित भएको भन्दै प्रहरीले प्रसाईंका समर्थकहरुलाई पक्राउ गरेको हो ।
प्रशासनले तीनकुनेमा प्रसाईंलाई प्रदर्शन गर्न नदिनु भन्ने आदेश आएपछि ठूलो संख्या प्रहरी परिचालन गरेर प्रसाईंका समर्थकहरुलाई पक्राउ गरिएको छ । अहिलेसम्म दुई दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।
यता तीनकुनेमा शुक्रबार प्रदर्शन गर्ने बताएपछि प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासमा नरजबन्द बनाएर राखिएको छ । बाहिर निस्कन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । नागरिक बचाउ अभियानका नाममा प्रसाईंले अराजक शैलीमा भाषण गर्नेदेखि प्रदर्शन गर्ने र गणतन्त्र फालेर राजा ल्याउनेसम्म बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।