धनगढी– कैलाली प्रहरीले बैंक ह्याक गर्ने गिरोहलाई धनगढीबाट पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंकनजिक कार्यालय नै व्यवस्थापन गरी बैंक ह्याक गर्ने समूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
प्रदेश अपराध अनुसन्धानको टोलीको लामो अनुसन्धानपछि बुधबार कैलाली प्रहरीको सहयोगमा पक्राउ गरिएको जनाइएको छ।
पक्राउ पर्नेहरुको परिचय अहिले खुल्न सकेको छैन। प्रहरी सहायक निरीक्षक अनिल विष्टले लामो अनुसन्धानपछि यी गिरोहलाई पक्राउ गर्न सफल भएको बताए।
पक्राउ परेका व्यक्तिहरुबाट १० वटा ल्यापटप बरामद गरिएको उनले बताए। उनीहरुमाथि सोधपुछ भइरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।