काठमाडौं– राष्ट्रियसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रामनारायण बिडारीले चन्द्रागिरि पहाडमा प्वाल पार्ने प्रस्ताव गरेका छन्।
राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै बिडारीले भने– 'चन्द्रागिरि नगरपालिका काठमाडौं जिल्लामा छ। मकवानपुर जिल्लामा थाहा नगरपालिका छ। यो दुइटा नगरपालिकाको बीचमा चन्द्रागिरि पहाड छ। यदि त्यो चन्द्रागिरि पहाडलाई अलिकति मात्रै, सानो, एकडेढ किलोमिटरभन्दा पनि कमको प्वाल पारिदिएमा ठूलो जनतालाई राहत हुने र राजधानीमा भएको जुन सहरीकरण छ, त्यसलाई सहज हुने थियो।'
बिडारीले बेइमान र बदमासहरुको राज्य चलाउने परम्परा चलेकै कारण त्यस ठाउँमा ठेकदारले बाटो नबनाएको बताए। 'बजेट गयो, अहिले पनि त्यहाँ ढुंगा बेचिराखेको छ', उनले भने, 'गृहमन्त्रालय, जिल्ला विकास र सिडियोले नबेच्नु भनेको छ। त्यही बाटो बनाउन त्यो ढुंगा चाहिन्छ। तर ढुंगा बेच्ने काम अझै जारी छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।